राखिएको पोस्टमा आलोचना र बिबाद भएपछि प्रधानमन्त्री कार्यालयको फेसबुक पेज नै डिलिट

Technology Khabar २८ चैत्र २०७६, शुक्रबार

राखिएको पोस्टमा आलोचना र बिबाद भएपछि प्रधानमन्त्री कार्यालयको फेसबुक पेज नै डिलिट

काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको औपचारिक फेसबुक पेज नै डिलिट गरिएको छ । बिहिबार दिनभर उपलब्ध रहेको सो फेसबुक पेज हाल भने डिलिट गरिएको छ र देखिन छोडेको हो ।

हालै सरकारले गरेको काठमाडौं उपत्यकाबाट बाहिर जाने निर्णय गरिएको जानकारी सो फेसबुक पेजमा राखिएको थियो । त्यसैगरि सोहि पेजमा पुन अपडेट भनेर सो निर्णय खारेज गरिएको जानकारी समेत राखिएको थियो ।
तर सो निर्णय नै बिबादित भएपछि फेसबुक पेज नै हटाईएको अनुमान गरिएको छ ।

सोहि निर्णयको बचाउमा कोरोनाभाइरस रोकथामका लागि गठित उच्चस्तरिय समितिका संयोजक तथा उपप्रधानमन्त्रीले भने आफ्नो फेसबुक पेजमा यातायात खुलाउने बारेमा त्यस्तो कुनै निर्णय नै नभएको भन्दै समाचारहरुको खण्डन गरे ।

तर एकातर्फ प्रधानमन्त्री कार्यालयको आधिकारीक फेसबुक पेजमा निर्णय भएको भन्दै अपडेट सहित राखिने तर अर्को तर्फ सरकारकै उपप्रधानमन्त्रीले होईन भन्दै खण्डन गर्ने अवस्था आएपछि त्यसको सामाजिक संजालमा समेत आलोचना भईरहेको छ ।

निर्णय नै आलोचित र बिबादित भएपनि प्रधानमन्त्री कार्याालयको फेसबुक पेजमा सो पोस्ट हटाईएको थियो तर त्यसले थप बिबादित गराएपछि पेज नै डिलिट गरिएको छ ।

अहिले तपाईँले सो पेज हेर्न खोज्नु भयो भने तपाईँले सो पेज उपलब्ध नभएको फेसबुकको जानकारी प्राप्त गर्नुहुनेछ ।

easy care

प्रकाशित: २८ चैत्र २०७६, शुक्रबार

ताजा समाचार