एप्पल म्यूजिकले साना म्यूजिक लेबल्सलाई ५ करोड अमेरिकी डलर अग्रिम रोयल्टी दिने

Technology Khabar २७ चैत्र २०७६, बिहीबार

एप्पल म्यूजिकले साना म्यूजिक लेबल्सलाई ५ करोड अमेरिकी डलर अग्रिम रोयल्टी दिने

टेक कम्पनी एप्पलले आफ्नो एप्पल म्यूजिकका स्रस्टाहरुलाई कोभिड-१९ ले पारेको असर कमगर्न केहि सहयोग रकम दिने भएको छ । एप्पलले हालै साना म्यूजिक लेबल्सलाई ईमेल पठाउँदै अग्रिमरुपमा रोयल्टी रकम आवश्यक परेको कलाकारलाई दिने बताएको छ ।

कम्पनीले कोभिड-१९ संकटसँग जुध्नका लागि विश्वभर कलाकारहरुलाई अग्रिम रोयल्टी दिनका लागि ५ करोड अमेरिकी डलर छुट्याएको छ ।

सो रोयल्टी एडभान्स ती लेबल्सहरुले प्राप्त गर्नेछन्, जसले यसअघि एप्पल म्यूजिकबाट कम्तिमा १० हजार डलर प्रति त्रैमासिकमा आर्जन गरिरहेको थिए र उनीहरुले सिधै प्लेटफर्मसँग बितरणको सम्झौता गरेको हुनुपर्ने आधार तोकिएको छ ।

एप्पल म्यूजिकले दिने रकम यसअघि गरिएको आम्दानीहरुको आधारमा निर्भर रहनेछ भने सो रकम प्लेटफर्मबाट भविश्यमा हुने आम्दानीबाट घटाईनेछ ।

एप्पल म्यूजिक मात्रै यस्तो सहयोगको घोषणा गर्ने एक्लो कम्पनी होईन् ।

अन्य कम्पनीहरुले पनि आर्टिस्टहरुलाई सहयोग गर्ने घोषणा गरिसकेका छन् । अमेजन म्यूजिक, फेसबुक, सिरियसएक्सएम, पाण्डोरा, टिडाल र यूट्यूब म्यूजिकले पनि कोभिड-१९ राहत कोषमा कलाकारहरु केन्द्रित सहयोग गर्ने भनिएको छ ।

यसअघि स्पोटीफाईले पनि १ करोड डलर सहयोग गर्ने घोषणा गरेको छ ।
विश्वभर कोभिड १९ को असरबाट म्यूजिक इण्डस्ट्रिपनि अछुतो रहन सकेको छैन् । तर महत्वपूर्ण विषय भनेको विश्वभर अधिकांश स्थानमा भएको लकडाउनले गर्दा अनलाइन म्यूजिक स्टिमिङ्गका यूजर्सको संख्या भने बढिरहेको छ । एजेन्सी

प्रकाशित: २७ चैत्र २०७६, बिहीबार

Comments are closed.

Loading...