दूरसंचार प्राधिकरणले भन्यो- दूरसंचार सेवाको लागि आवश्यक मर्मत संभारको काममा अवरोध नगरौं

Technology Khabar २७ चैत्र २०७६, बिहीबार

दूरसंचार प्राधिकरणले भन्यो- दूरसंचार सेवाको लागि आवश्यक मर्मत संभारको काममा अवरोध नगरौं
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

नेपाल दूरसंचार प्राधिकरणले अत्यावशयक सेवा अन्तरगत पर्ने दूरसंचार सेवालाई २४ सै घण्टा संचालन गर्न प्राविधिक मर्मत तथा संभार गरिनुपर्ने हुँदा त्यस्ता कार्यमा अवरोध नगर्न भनेको छ ।

प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै दूरसंचार सेवा संचालन गर्ने संस्थाहरुलेनिर्माण गरेको बिटिएस टावरहरुको मर्मत संभार गर्न र सिम कार्डहरुको व्यवस्थापनका लागि खटिएका संस्थाका प्राविधिक तथा कर्मचारीहरुलाई आफ्नो ड्यूटीको बखत आवत जावतमा रोकाबट भएको जानकारीमा आएको भन्दौ त्यस्तो कार्य नगर्न भनेको हो ।

‘संस्थाका प्राविधिक तथा कर्मचारीहरुलाई आफ्नो ड्यूटीको बखत देशको विभिन्न ठाउँमा सवारीसाधन आवत जावतमा रोकावट गर्ने, सवारी चालक तथा कर्मचारीहरुमाथि अभ्रद व्यवहार गर्ने, कुटपिट तथा गालीगलौज गरी सवारीसाधन समेत जफत गरी राख्ने जस्ता कार्यहरु भएको भनी जानकारी प्राप्त भएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

दूरसंचार सेवा संचालन गर्ने संस्थाका प्राविधिक, कर्मचारी तथा सहयोगीहरुलाई निर्वाधरुपमा आफ्नो काममा आवत जावत गर्नका लागि सहजीकरण गर्न समेत सबैसँग प्राधिकरणले अनुरोध गरेको छ ।

easy care

प्रकाशित: २७ चैत्र २०७६, बिहीबार

ताजा समाचार