सरकारी कम्पनीबाटै अनलाइन खाद्यान्न अर्डर गर्न सकिने, लकडाउनभरी निशुल्क डेलिभरी सेवा दिने

Technology Khabar २६ चैत्र २०७६, बुधबार

सरकारी कम्पनीबाटै अनलाइन खाद्यान्न अर्डर गर्न सकिने, लकडाउनभरी निशुल्क डेलिभरी सेवा दिने

काठमाडौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि अनलाइन व्यवसाय गर्न शुरु गरेको छ । कम्पनीले पहिलो चरणमा काठमाडौंबाट आफ्नो अनलाइन सेवा बिस्तार गरेको हो ।

कम्पनीले डब्लूडब्लू डटकम नेपालफूड डट जिओभी डट एनपीबाट सो सेवा दिनेछ ।

सरकारी कम्पनीले अनलाइनबाट गरिने खाद्यान्नको डेलिभरी चक्रपथ भित्र दिने गरि आफ्नो सेवा शुरु गरेको हो । कम्पनीकाअनुसार हाल खाद्यान्न अर्डर गरेको २ दिनभित्र ग्राहकलाई डेलिभरी गर्नेछ भने ग्राहकले न्यूनतम २ हजार रुपैयाँको अर्डर गर्नुपर्ने हुन्छ ।

कम्पनीले अनलाइनमार्फत विभिन्न ब्राण्डका चामलहरु, कर्णालीको सिमी, फापर, इन्डक्सन चुल्हो लगायतका सामाग्रीहरु बिक्री गर्नेछ ।

कम्पनीले लकडाउन अवधिभर डेलिभरी सेवामा कुनै शुल्क नलिने जानकारी दिएको छ । अनलाइन खरिदमा विभिन्न सामाग्रीहरुमा १० प्रतिशतको छुट समेत दिएको छ ।

कम्पनीले छिटै अन्य स्थानमा पनि बिस्तार गर्ने तयारी भएको र जो कसैले पनि अनलाइनबाट अर्डर गर्न सक्ने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले जानकारी दिएका छन्।

यदि तपाईँ पनि अनलाइनबाट अर्डर गर्न चाहनुहुन्छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।

easy care

प्रकाशित: २६ चैत्र २०७६, बुधबार