भारतीय सरकारद्धारा सोशल मिडिया कम्पनीलाई भ्रामक खबरसहितका मेसेज हटाउन आदेश

Technology Khabar २६ चैत्र २०७६, बुधबार

भारतीय सरकारद्धारा सोशल मिडिया कम्पनीलाई भ्रामक खबरसहितका मेसेज हटाउन आदेश

काठमाडौं ।

भारतको इलेक्ट्रोनिक्स तथा सूचना औद्योगिकी मन्त्रालयले भारतमा रहेका सामाजिक प्लेटफर्महरुलाई गलत सूचना दिने मेसेज वा कन्टेन्टहरुलाई हटाउन भनेको छ ।

सो मन्त्रालयले टिकटक, फेसबुक, हेलो लगायतका सोशल मिडियाहरुलाई कोरोना भाइरसको महामारीको विरुद्ध लड्नका लागि त्यस्ता गलत जानकारीहरुले अभियानलाई कमजोर बनाउने भारतीय सरकारको दाबी छ ।

हालै आएको भारतीय मिडियाहरुको रिपोर्टअनुसार सोशल मिडिष कम्पनीहरुसँग दूर्भावनापूर्ण सामाग्रीहरु राख्ने मानिसहरुको जानकारी समेत राख्न भनेको छ । ती जानकारीहरु आवश्यक परेको बेलामा प्रहरी र अन्य एजेन्सीहरुसँग शेयर गर्न सकिने बताईएको छ ।

स्रोतलाई उदृत गर्दै आएको रिपोर्टअनुसार सो मन्त्रालयले विशेषगरि टिकटक, हेलो र फेसबुकमा गलत जानकारीसहितको मेसेजहरु राखिएको बताएको छ । मन्त्रालयले त्यस्ता झुटा र भ्रामक मेसेजहरुले मानिसहरुबिच त्रास फैलाउने र अन्य नोक्सानी गर्ने उल्लेख गरेको छ ।

यसैबिच भारतीय इन्टरनेट तथा मोबाइल संघ(आईएएमएआई)ले सोशल मिडिया कम्पनीहरुले आफ्नो प्लेटफर्मबाट कुनैपनि कन्टेन्टहरु हटाउनका लागि कानूनीरुपमा आदेश जारी गरिनुपर्ने बताएको छ । सो संस्थाले गलत जानकारी फैलाउने काम यूजर्सको भएको हुँदा उनीहरु नै जिम्मेबार हुनुपर्ने स्पष्ट पारेको छ ।

सो संस्थामा गूगल, फेसबुक, टिकटक, शेयरच्याट लगायतका कम्पनीहरु आबद्ध छन् । एजेन्सी

easy care

प्रकाशित: २६ चैत्र २०७६, बुधबार

ताजा समाचार