फेसबुकले ल्यायो नयाँ मेसेजिङ्ग एप, केबल दुईजनाले एकआपसमा आफ्ना भावनाहरु साटासाट गर्नसक्ने

Technology Khabar २६ चैत्र २०७६, बुधबार

फेसबुकले ल्यायो नयाँ मेसेजिङ्ग एप, केबल दुईजनाले एकआपसमा आफ्ना भावनाहरु साटासाट गर्नसक्ने

काठमाडौं ।

फेसबुक  इंकले मंगलबार नयाँ मेसेजिङ्ग एप लन्च गरेको छ । यो दम्पत्तिहरु वा प्रेमी प्रेमिकाहरुले प्रयोग गर्न सकिने एप हो जसको नाम ‘ट्यून्ड’ (Tuned) राखिएको छ ।

यसमा च्याट गर्न, फोटो तथा म्यूजिकहरु शेयरगर्नका लागि प्रयोग गर्न सकिन्छ भने यसका साथमा टाइमलाइन पनि शेयर गर्न सकिनेछ ।

यो एप हाल केबल एप्पलको एप स्टोरमा उपलब्ध रहेको छ भने अमेरिकी र क्यानाडेलीले मात्र प्रयोग गर्न सक्ने सेन्सर टावरले जनाएको छ ।

सो उत्पादन फेसबुकभित्रको सानो टिमले निर्माण गरेको हो जसलाई न्यून प्रडक्ट एक्सपेरिमेन्टेसन टिम भनेर चिनिन्छ । यो समूहले शुरुवात देखि नै नयाँ सोशल मिडिया प्रडक्टहरु बनाउने गर्दछ ।

सो निर्माण टिमकाअनुसार- नयाँ एप निजी स्थान हो जहाँ तपाईँ र तपाईँको नजिकका अन्य व्यक्ति केबल तपाईँहरु मात्र हुनुहुन्छ ।

फेसबुकको ट्यून्ड एप अमेरिकामा ८७२ स्थानमा रहेको छ भने क्यानाडामा ५५० स्थानमा सोशल नेटवर्किङ्ग क्याटोगरीमा रहेको छ सेन्सर टावरले उल्लेख गरेको छ । एजेन्सी

easy care

प्रकाशित: २६ चैत्र २०७६, बुधबार