ट्विटरका सिईओ ज्याक डोर्सीले कोभिड-१९ महामारी विरुद्ध लड्न १ अर्ब डलर सहयोग दिने

Technology Khabar २६ चैत्र २०७६, बुधबार

ट्विटरका सिईओ ज्याक डोर्सीले कोभिड-१९ महामारी विरुद्ध लड्न १ अर्ब डलर सहयोग दिने

कोरोनाभाइरसले विश्वभर सबैलाई तिब्रगतिमा त्रास बढाईरहेको छ । अधिकांश देशहरुका मानिसहरु घरभित्रै बस्न बाध्यछन् । यो महामारीबाट बच्न विश्वभर टेक कम्पनीहरुले समेत सहयोग गरिरहेका छन् । यहि बेलामा माइक्रो ब्लगिंग साइट ट्विटरका प्रमुख ज्याक डोर्सीले १ अर्ब डलर दिने घोषणा गरेका छन् ।

ट्विटरका सिईओ डोर्सीले ट्विट मार्फत आफ्नो तर्फबाट १ अर्ब डलर सहयोग दिने बताएका हुन् । उनले सो सहयोग स्मार्ट स्मलमार्फत कोभिड १९ राहतमा गरिने र महामारी सकिएपछि बाँकी रकम विश्वभर बालिकाहरुको शिक्षा र स्वास्थ्यमा खर्च गरिने बताए ।

उनले आफ्नो कुल सम्पत्तिको करिब २८ प्रतिशत रकम खर्च गर्ने बताएका हुन् ।

उनले सो रकम कसरी खर्च हुनेछ र त्यसलाई कसरी हेर्न सकिनेछ भन्नेबारेमा पनि जानकारी दिएका छन् । यसको ट्र्याकिङ्ग विश्वभरबाट गर्न सकिने बताईएको छ । जसको लागि उनले एउटा लिंक पनि शेयर गरेका छन् ।

यसअघि नै फेसबुकका संस्थापक मार्क जुकरबर्गले कोरोना विरुद्ध लड्न ३ करोड डलर खर्च गर्ने बताईसकेका छन् । त्यसैगरि अमेजनले पनि १० करोड डलर दिने घोषणा जेफ बेजोसले गरेका थिए ।

TK Viber

प्रकाशित: २६ चैत्र २०७६, बुधबार

Loading...