ह्वाट्सएपमा नयाँ फीचर- कुनैपनि मेसेज एक जना भन्दा बढि व्यक्तिलाई फरवार्ड गर्न नसकिने

Technology Khabar २६ चैत्र २०७६, बुधबार

ह्वाट्सएपमा नयाँ फीचर- कुनैपनि मेसेज एक जना भन्दा बढि व्यक्तिलाई फरवार्ड गर्न नसकिने

काठमाडौं ।

ह्वाट्सएपले कोविड-१९ को बारेमा आउने अफवाह र गलत सूचनाहरु फैलनबाट रोक्न कडा कदम चालेको छ। यसैक्रममा तपाईंले बेलाबेलामा च्याटमा पठाउने मेसेजलाई व्हाट्सएपले सिमित गरिदिएको छ।

प्रायजसो ह्वाट्सएपले फ्रिक्वेन्टली पठाएको मेसेज थप पाँचजना व्यक्तिलाई पठाउने विकल्प दिन्छ। तर अबभने मेसेजिङ्ग प्लेटफर्मले त्यसलाई सिमित गर्दै एक पटकमा एक जनालाई मात्र मेसेज पठाउने व्यवस्था लागू गरेको छ ।

व्हाट्सएपले फर्वार्ड गरिएका सन्देशहरूका लागिल्याएको नयाँ तरीकाले केहि हदसम्म गलत सूचनालाई कम गर्ने अनुमान गरिएको छ। नयाँ अपडेट अन्तर्गत, अब एक प्रयोगकर्ताले एक पटकमा कुनै पनि सन्देश एक जनालाई मात्र पठाउन सक्षम हुनेछ। व्हाट्सएपमा बारम्बार पठाइएका मेसेजहरु भने डबल टिकसहित अ‌ंकित गरिने छ।

पहिले प्रयोगकर्ताहरूले एकसाथ पाँच व्यक्तिहरुलाई सन्देश पठाउन सक्थे। व्हाट्सएपकाअनुसार यसो गर्दा  बारम्बार मेसेज पठाउने क्रममा २५ प्रतिशतसम्मको कमी आएको छ। फेसबुकको अधिनमा रहेको कम्पनीले यो नयाँ फीचर हिजोदेखि नै विश्वभर सुचारु गरेको छ ।

‘जेभएतापनि हामीले ठूलो मात्रामा फरवार्ड गरिने मेसेजहरुको संख्यामा वृद्धि भएको देखेका छौं जून यूजर्सहरुले हामीलाई यसले भावविहल बनाएको र भ्रामक सूचना फैलनबाट राक्ने योगदान गर्न भनेका छन् । हामी विश्वास गर्दछौं कि यसको महत्वले मेसेजहरु फैलन कम हुनेछ र ह्वाट्सएपलाई व्यक्तिगत कुराकानीको लागि स्थान मिल्नेछ,’ कम्पनीले ब्लगपोस्टमा भनेको छ ।

व्हाट्सएपले एक फीचर पनि परीक्षण गर्दैछ जस अन्तर्गत प्रयोगकर्ताहरूले वेबमा आएका मेसेजहरु प्रमाणित गर्न सक्षम हुनेछन्। मेसेजेज म्याग्निफाईङ ग्लास आइकनको माध्यमबाट ती मेसेजलाई प्रमाणित गर्ने विकल्प पाउनेछ। अहिले यो फीचर व्हाट्सएपको एन्ड्रोइड र आईओएसको बीटा संस्करणमा उपलब्ध छ र चाँडै प्रयोगकर्ताहरूले यसलाई प्रयोग गर्न सक्नेछन्।

यसका साथमा व्हाट्सएपले कोरोना भाइरसको बारेमा गलत जानकारी फैलाउन रोक्नको लागि समेत काम गरिरहेको छ ।

easy care

प्रकाशित: २६ चैत्र २०७६, बुधबार