दैनिक आवश्यक सामाग्रीहरू वितरण गर्न अनलाइन प्लेटफर्म दराज र बिगमार्ट बिच साझेदारी

Technology Khabar २५ चैत्र २०७६, मंगलवार

दैनिक आवश्यक सामाग्रीहरू वितरण गर्न अनलाइन प्लेटफर्म दराज र बिगमार्ट बिच साझेदारी

काठमाडौं ।

अनलाइन बजार, दराजले बिग मार्टसँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाडौं उपत्यका भित्र डेलिभर गर्न सुरु गर्ने घोषणा गरेको छ।

उक्त साझेदारी र सरकारको अनुमतिका साथ दराज र बिगमार्टले लकडाउनमा ग्राहकहरुको घर ढोकामा दैनिक आवश्यक वस्तुहरू जतिसक्दो चाँडो पुर्याउन तयारी गरेका छन्।

साझेदारीको रूपमा, दराजको डीमार्ट नामक किराना खण्ड बिगमार्टको अनलाइन शाखामा रूपान्तरण हुनेछ। त्यहाँ, ग्राहकहरूले बिगमार्टमा उपलब्ध आवश्यक उत्पादनहरू पाउनुका साथै बिगमार्ट मार्फत उपलब्ध अफहरूको पनि आनन्द लिन सक्ने कम्पनीले जानकारी दिएको छ।

साथै ग्राहकहरूले दराज को सनराइज बैंक, सनिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि १० प्रतिशत अधिकतम रु ५०० को छूट पाउने बताईएको छ ।

यो एक दीर्घकालीन साझेदारी भएको जसमा दुबै कम्पनीहरूले देशभरका ग्राहकहरूका लागि सुविधाजनक सेवा दिन उनीहरूको विशेषज्ञता र स्रोतहरूको पूरा उपयोग गर्ने लक्ष्य राखेका छन्। हालै काठमाडौं उपत्यका भित्र मात्र डेलिभरी गर्ने भएपनि कम्पनीले चाँडै नै देशका अरु स्थानहरुमा पनि डेलिभरी सुविधा पुर्याउने आशा राखेको छ।

भविष्यमा, ग्राहकहरूले अझै धेरै उत्पादनहरुका साथ थप डेलिभरी लोकेशन तथा समय समयमा निःशुल्क वितरण जस्ता थपिएका सेवाहरु लिन सक्ने कम्पनीले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: २५ चैत्र २०७६, मंगलवार

ताजा समाचार