एप्पलले आईफोन ११ सिरिजको बजार मूल्य चीनमा घटायो, अन्य बजारमा के होला ?

Technology Khabar २५ चैत्र २०७६, मंगलवार

एप्पलले आईफोन ११ सिरिजको बजार मूल्य चीनमा घटायो, अन्य बजारमा के होला ?

काठमाडौं ।

एप्पलले आफ्नो पछिल्लो आईफोन सिरिज एप्पल आईफो ११ को मूल्य कटौती गरेको छ । कम्पनीले आइफोनमा न्यूनतम ८ हजार रुपैयाँदेखिको कटौती गरेको हो । तर सो रकम चीनको बजारमा मात्र घटाएको छ ।

एप्पलले चीनमा आईफोन ११ सिरिजका सबै मोडलको रकम घटाएको हो । कम्पनीले आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स लन्च गरेको थियो ।

हालै आएको रिपोर्टअनुसार चीनमा आईफोन ११ को मूल्यमा ५०० यूआनसम्मको कटौती भएको छ भने आईफोन ११ प्रोको मूल्यमा १२०० यूआन घटाईएको छ । त्यसैगरि आईफोन ११ प्रो म्याक्सको मूल्यमा १७०० यूआन कटौती गरिएको छ ।

मूल्य घटाएपछि चिनियाँ बजारमा आईफोन ११ ६४ जीबीको मूल्य ४,९९९ यूआन भएको छ । त्यसैगरि आईफोन ११ प्रोको ६४ जीबी भर्सनको मूल्य ८,६९९ यूआन रहेको छ ।

एप्पल आईफोन ११ प्रो म्याक्सको ५१२जीबी भर्सनको नयाँ मूल्य ११,०९९ यूआन तोकिएको छ ।

चिनियाँ बजारमा एप्पलको बजार हिस्सा कम रहेको हुँदा कम्पनीले बजार हिस्सा बढाउने रणनीतिअनुसार मूल्य घटाएको अनुमान गरिएको छ ।

त्यसैगरि हाल विश्वभििर कोरोनाभाइरसको महामारीले गर्दा आफ्नो बिक्री नाफामा कमी हुने यसअघि नै एप्पले प्रस्ट पारिसकेकोछ ।

अन्य बजारमा पनि घट्छ वा घट्दैन भन्ने कुनै जानकारी छैन् । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २५ चैत्र २०७६, मंगलवार

ताजा समाचार