जब भर्चुअल दिक्षान्त समारोहमा रिमोट कन्ट्रोलयुक्त रोबोटहरुले लिए प्रमाणपत्र…

Technology Khabar २४ चैत्र २०७६, सोमबार

जब भर्चुअल दिक्षान्त समारोहमा रिमोट कन्ट्रोलयुक्त रोबोटहरुले लिए प्रमाणपत्र…

कोरोनाभाइरसको महामारीले विश्वभर संत्रास फैलाएको छ भने कयौं देशहरुमा लकडाउनको घोषणा गरिएको छ। नेपालमा पनि लकडाउनको अवस्था छ । कोभिड १९ ले गर्दा नेपालसहित कयौंदेशका विद्यालय तथा विश्वविद्यालयहरु बन्दको अवस्थामा छन् ।

यहि बिषयलाई ध्यानमा राखेर जापानको एक विश्वविद्यालयले भने भर्चुअल दिक्षान्त समारोह आयोजना गरेकोछ । यस्तो दिक्षान्त समारोहमा विद्यार्थीहरुको स्थानमा रोबोटलाई सहभागी गराईएको थियो ।

जापानको टोकियोमा रहेको बिजनेस ब्रेकथ्रू यूनिभर्सिटी(बिबिटी)ले परम्परागतरुपमा दिक्षान्त समारोह गर्न नसकेपछि भर्चुअल समारोह आयोजना गरेको हो । जसमा मोबाइल रोबोटहरु प्रयोग गरिएको थियो भने जूममार्फत भिडियो कन्फ्रेन्स आयोजना गरिएको थियो ।

गएको मार्च २८ मा आयोजना गरिएको सो कार्यक्रममा विद्यार्थीहरुले पहिलो पटक भर्चुअलरुपमा स्टेज अगाडि आएर आफ्नो डिस्प्लोमाको प्रमाणपत्र बुझेको बिजनेस इन्साइडरको रिपोर्टमा उल्लेख छ ।

यसअघि अमेरिकाको यूनिभर्सिटी अफ पेन्सिलभेनियाका विद्यार्थीहरुले भने लोकप्रिय अनलाइन गेम मिनक्राफ्टमा आफ्नो दिक्षान्त समारोह आयोजना गरेका थिए । जहाँ उनीहरुले आफ्नो सम्पूर्ण क्याम्पसका साथै दिक्षान्त र अन्य कार्यक्रमहरु भर्चुअल सिर्जना गरेर आयोजना गरेका थिए ।

तर टोकियोको विश्वविद्यालयले भने त्यसमा रिमोटबाट संचालन हुने रोबोटहरु प्रयोग गरेर यसलाई विद्यार्थीहरु उपस्थित भएको जस्तै बनाउने प्रयास गरेको थियो । जसमा एएनए ग्रुपले बनाएको न्यूमी रोबोटको प्रयोग गरिएको थियो जसलाई रिमोटबाट नियन्त्रण गर्नेगरि तयार पारिएको थियो ।Robots

यस्तो रोबोट विशेषगरि संग्रालयहरुका लागि प्रयोग गर्न तयार पार्नेगरि कस्टमाईज गरिएका थिए ।

यी नियन्त्रित चलायमान रोबोटहरुको अनुहारमा भने ट्याबलेट राखिएको हुन्छ जसलाई दिक्षान्तको बेलामा भने परम्परागत दिक्षान्त गाउन र टोपी लगाई दिएका थिए । जसमा प्रत्येक विद्यार्थीलाई ‘जूम’मार्फत भर्चुअल सहभागी गराईएको थियो । रोबोटको ट्याबलेटमा भएको स्क्रीनमा जूममार्फत सहभागी विद्यार्थीको अनुहारलाई देखाईएको थियो भने रोबोटले उनीहरुको प्रमाणपत्र बोकेका थिए ।

Robots

यी रोबोटहरुलाई सो दिक्षान्तमा भौतिकरुपमा सहभागी भएका केहि विद्यार्थीहरुले नियन्त्रण गरेका थिए । जतिबेला विद्यार्थीहरुको नाम बोलाईन्थ्यो सोहि आधारमा ती रोबोटहरु विश्वविद्यालयको प्रेसिडेन्टको पुग्थे ।

ट्याबलेटमा विद्यार्थीको अनुहार देखाईन्थ्यो र उनीहरुले आफैंले डिप्लोमाको प्रमाणपत्र लिएको झैं अनुभुति गराईएको थियो ।

सो कार्यक्रमलाई जापानभर रहेका सो विश्वविद्यालयका व्यवस्थापनका विद्यार्थीहरुले र अन्यले समेत हेरेका थिए । जहाँ विश्वविद्यालयका प्रेसिडेन्टले परम्परागतरुपमा सम्बोधन गरेका थिए ।

सो विश्वविद्यालयका ग्लोबल विजनेस एडमिनिस्ट्रेसनका डिन प्राध्यापक शुगो यानाकाले सो भर्चुअल सेरेमोनीको आयोजना गर्ने योजना गरेका थिए ।

प्रकाशित: २४ चैत्र २०७६, सोमबार

Comments are closed.

Loading...