आगामी महिनाहरुमा ४जी एन्ड्रोयड फोनको मूल्य उल्लेखरुपमा घट्ने अपेक्षा, नेपालमा पनि घट्ला ?

Technology Khabar २३ चैत्र २०७६, आईतवार

आगामी महिनाहरुमा ४जी एन्ड्रोयड फोनको मूल्य उल्लेखरुपमा घट्ने अपेक्षा, नेपालमा पनि घट्ला ?

काठमाडौं ।

आगामी केहि महिनाहरुमा विश्वभर ४जी एन्ड्रोयड स्मार्टफोनको मूल्य उल्लेख्यरुपमा घट्ने प्रक्षेपण गरिएको छ ।

शाओमीको इडस्ट्रि इनभेस्टमेन्ट डिपार्टमेन्ट, पान जिउटाङ्गकाअनुसार आगामी आउँदा महिनाहरुमा ४जी एन्ड्रोयड फोनहरुको मूल्य देखिने गरि नै घट्ने छ । जसको लागि विभिन्न कारणहरुले असर पार्ने बताईएको छ ।

४जी एन्ड्रोयड फोनहरुको मूल्य घट्ने पहिलो कारणमा चीनमा आइफोन ११ सिरिजको मूल्य ठूलो मात्रामा कटौती हुनु रहेको छ ।

यदि चिनियाँ स्मार्टफोन उत्पादकहरुले आइफोन ११ सँग बजारमा प्रतिस्पर्धामा टिकिराख्न चाहन्छन भने उनीहरुले आफ्ना हाईईण्डका स्मार्टफोनहरुको मूल्य घटाउनु पर्ने हुन्छ । नत्र मानिसहरु आइफोन प्रति आकर्षित हुनसक्नेछन् ।

त्यस्तै अर्को कारण भनेको पछिल्लो दिनमा चीनसहित विश्वभर ५जी टेक्नोलोजीको विकास र बिस्तार तिब्र गतिमा भईरहेको छ । जसले गर्दा ५जी स्मार्टफोनको मागमा निरन्तर वृद्धि हुनेछ । ५जी प्रविधिको विकास र बिस्तार बढिरहँदा ५जी फोनमा ग्राहकहरु आकर्षित हुने र ४जीमा आकर्षण कम हुनेछ ।

अझ ५जी फोनमा आईरहेको परिवर्तन र विकासले मिडरेन्जका डिभाइसहरुमा पनि ५जी सपोर्ट हुनेछ जसले अझै ४जी फोनको माग र बिक्री कम हुनेछ ।

तेस्रो कारण भनेको अहिलेको कोभिड-१९ को महामारीले गर्दा मूल्यमा कटौती हुनेछ । अहिले नै विश्व बजारमा स्मार्टफोनको माग र बिक्रीमा उल्लेख गिरावट देखिएको छ भने मानिसहरु अत्यावश्यक सामाग्रीमा मात्र ध्यान केन्द्रित गरिरहेका छन् । कोभिड १९ ले गर्दा प्रमुख बजारहरु यूरोप र अमेरिकी स्मार्टफोन बजार निकै संकुचित भएको छ । जहाँ आगामी दिनमा अझ प्रतिस्पर्धा हुने निश्चित छ र त्यसमा टिकिरहन पनि स्मार्टफोनको मूल्य कम गर्नुपर्ने हुनसक्छ ।

एप्पलले विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजार चीनमा आईफोन ११ सिरिजको मूल्य कटौती गर्दा मानिसहरु पक्कैपनि त्यतै आकर्षित हुनेछन र त्यसलाई रोक्न एन्डोयड स्मार्टफोन मेकरहरुले निकै मिििहनेत गर्नुपर्ने हुन्छ । किनकी महामारीका कारण अहिले पनि चीनमा बिक्रीदर त्यति सुधार भईसकेको छैन् ।

यसबाहेक एप्पले आगामी दिनमा बजेट आइफोन लन्च गर्नसक्ने अनुमान गरिएको छ। जसलेगर्दा मिडरेन्जमा स्मार्टफोन ल्याउने कम्पनीहरुलाई अर्को चुनौती र प्रतिस्पर्धा हुनेछ ।

विश्वभर मूल्य घट्ने अनुमान र अपेक्षा गरिएपनि नेपालमा भने त्यस्तो हुनेछैन् । किनकी यहाँ यसअघिदेखि नै मूल्यमा सिण्डिकेट गरिँदै आईएको छ । ठूलो बजार हिस्सा भएको सामसङ्गसहित अन्य चिनियाँ स्मार्टफोन ब्राण्डहरुले बजारमा तोकिएको मूल्यभन्दा कममा बिक्री गर्न नपाईने सर्तसहित रिटेलरहरुलाई दबाब दिँदै आएका छन् ।

त्यसैगरि नेपालमा मूल्य नघट्ने अर्को कारण भनेको यहाँका आयातकर्ताहरुले राख्ने ठूलो मार्जिन रकम हो । अधिकांश कम्पनीहरुले ठूलो मार्जिन रकम नाफाको लागि राख्ने हुँदा पनि उनीहरुले अन्य बजारमा मूल्य घटेपनि नेपाली बजारमा मूल्य नघटाएको कयौं उदाहरणहरु छन् । जसमा उनीहरुले नेपाल सानो बजार भएको प्रस्टिकरण दिँदै आएका छन् ।

तर चीनमा नै मूल्य घटेको अवस्था र भारतमा पनि सोहि अनुसार मूल्यमा कमी भएमा भने नेपालमा पनि मोबाइल फोनको मूल्य घटाउन दबाब हुनेछ । एजेन्सीका साथमा

easy care

प्रकाशित: २३ चैत्र २०७६, आईतवार