म्यूजिक स्ट्रिमिङ्ग व्यवसाय सन् २०१९ मा ३२ प्रतिशतले बढ्यो, स्पोटीफाई पहिलो स्थानमा

Technology Khabar २३ चैत्र २०७६, आईतवार

म्यूजिक स्ट्रिमिङ्ग व्यवसाय सन् २०१९ मा ३२ प्रतिशतले बढ्यो, स्पोटीफाई पहिलो स्थानमा

काठमाडौं ।

म्यूजिक स्ट्रिमिङ्ग व्यवसायलाई सन् २०१९ फलदायक भएको छ । सो वर्षमा समग्र म्यूजिक स्ट्रिमिङ्ग व्यवसाय ३२ प्रतिशतले वृद्धि भएको देखिएको छ । काउन्टरप्वाइन्टको रिसर्च रिपोर्टअनुसार सो वर्ष स्पोटीफाई र एप्पल म्यूजिक अग्रस्थानमा रहेका थिए ।

सन् २०१९ मा एप्पको म्यूजिक सब्सक्राइबरको संख्यामा ३६ प्रतिशत वृद्धि भएको देखिएको छ, जसले समग्र बजारमा १९ प्रतिशत हिस्सा ओगटेको रिपोर्टले देखाएको छ ।

स्पोटीफाईको सब्सक्राईबर नम्बरमा पनि वृद्धि भएको छ ।रिपोर्टकाअनुसार स्पोटीफाईका सेवाग्राही २३ प्रतिशत बढेका छन भने बजार हिस्सामा अग्रता लिँदै ३५ प्रतिशत ओगटेको छ । स्पोटीफाइले सो अवधिमा आम्दानीको आधारमा भने कुल उद्योगको ३२ प्रतिशत हिस्सा लिएकोछ ।

म्यूजिक स्ट्रिमिङ्ग व्यवसायको तेस्रो सूचीमा भने अमेजनको म्यूजिक स्ट्रिमिङ्ग सर्भिसले १५ प्रतिशत हिस्सा लिएको छ भने यूट्यूब म्यूजिकले केबल ६ प्रतिशत प्रिमियम सब्सक्राईबरमध्येको हिस्सा लिएको छ ।Music Apps

मार्केट एनालाइसिस्टकाअनुसार एप्पलको म्यूजिक स्ट्रिमिङ्ग व्यवसायमा वृद्धि हुनुमा निरन्तर सर्भिसमा सुधार हुनु र स्पोटीफाईका सब्सक्राइबरलाई तान्नु हो । त्यसैगरि कम्पनीले एक्सक्लूसिभ कन्टेन्ट र प्रोमोसन डिलहरु निरन्तर उपलब्ध गराईरहँदा पनि ग्राहकहरुमा वृद्धि गर्न सफल भएको छ ।

काउन्टरप्वाइन्टकाअनुसार कोभिड १९ का कारण पनि सन् २०२० मा म्यूजिक स्ट्रिमिङ्ग व्यवसायको माग बढ्नेछ र २५ प्रतिशतले सब्सक्राइबरहरु वृद्धि हुनेछन् । हाल विश्वभर म्यूजिक स्ट्रिमिङ्ग सर्भिसका सशुल्क सेवाग्राहीहरु ४५ करोड भन्दा बढि पुगेका छन् ।

रिसर्च कम्पनीकाअनुसार ग्लोबल र रिजनल म्यूजिक स्ट्रिमिङ्ग सर्भिसहरुले एक्सक्लुसिभ कन्टेन्टमा जोड दिएका छन् । त्यसैगरि कुल आम्दानीको ८० प्रतिशत रकम सशुल्क सब्सक्रिप्सनबाट आउने गरेको छ भने बाँकी विज्ञापन र अन्य गतिबिधिबाट आउने गरेकोछ ।

easy care

प्रकाशित: २३ चैत्र २०७६, आईतवार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार