दक्षिण कोरियामा हजारौं पेट्रोल पम्पमा इलेक्ट्रिक भेहिकल चार्जिङ्ग स्टेशन स्थापना गर्ने योजना

Technology Khabar २२ चैत्र २०७६, शनिबार

दक्षिण कोरियामा हजारौं पेट्रोल पम्पमा इलेक्ट्रिक भेहिकल चार्जिङ्ग स्टेशन स्थापना गर्ने योजना

काठमाडौं ।

दक्षिण कोरियाले आफ्नो दशभर हजारौं इलेक्ट्रिक भेहिकल चार्जिङ्ग स्टेशन बनाउने योजना गरेको छ। जसअन्तरगत तिब्रगतिमा ७६ वटा ग्यास स्टेशनहरुमा चार्जिङ्ग स्टेशन राखिएको छ ।

कोरियाली अटो मेकर हुण्डाईले ठूला किसिमका पेट्रोल पम्पहरुलाई रिनोभेट गर्दै इलेक्ट्रिक भेहिकल चार्जिङ्ग स्टेशनको रुपमा बनाएको छ । हुण्डाईले यो वर्षभित्र पूर्वी सियोलमा भएको पेट्रोल पम्पमा ८ वटा अल्ट्रा फास्ट चार्जरहरु जडान गर्ने रिपोर्टमा बताईएको छ ।

यसअघि गएको डिसेम्बरमा हुण्डाईले कोरियन एक्सप्रेसवे कर्पसँग मिलेर दक्षिण कोरियाको एक्सप्रेसवेमा सन् २०२० भित्र ११ वटा फास्ट इलेक्ट्रिक भेहिकल चार्जिङ्ग स्टेशन बनाउने तयारी गरेको थियो ।

अर्को कम्पनी एसको इनर्जीले कोरियाभर आफ्ना पेट्रोल पम्पहरुमा १२ स्थानमा चार्जरहरु जडान गरेको छ । कम्पनीले देशभर फास्ट चार्जिङ्गका लागि ३,५७० स्थानमा र ३,५०० पोस्ट अफिसहरुमा इलेक्ट्रिक भेहिकल चार्जिङ्ग स्टेशन जडान गर्ने लक्ष्य लिएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २२ चैत्र २०७६, शनिबार

ताजा समाचार