शाओमी रेडमी स्मार्टब्यान्ड सार्वजनिक, हार्ट रेट मोनिटर र स्लिप ट्र्याकिङ फिचर उपलब्ध

Technology Khabar २२ चैत्र २०७६, शनिबार

शाओमी रेडमी स्मार्टब्यान्ड सार्वजनिक, हार्ट रेट मोनिटर र स्लिप ट्र्याकिङ फिचर उपलब्ध

काठमाडौं ।

शाओमीले एमआई फ्यान फेस्टिवल २०२० इभेन्टमा नयाँ रेडमी ब्यान्ड लन्च गरेको छ। यो नयाँ कलर डिस्प्लेयुक्त छ र यसले साइक्लिङ, रेसिङ र वाकिङ जस्ता फिटनेस ट्र्याकिङ्ग फिचरको सपोर्ट गर्दछ ।

यसका साथै यसमा हार्ट रेट मोनिटर र स्लिप ट्र्याकिङ फिचर पनि राखिएको छ। ईजी चार्जिंगको लागि यसमा इन्टिग्रेटेड यूएसबी प्लग दिईएको छ, जून हालसालै लन्च भएको ह्वावे ब्यान्ड र अनर ब्यान्ड आई आईएनमा पनि देखिएको थियो।

यस डायल फेसलाई करिब ७० किसिमले परिवर्तन गर्न सकिन्छ भने यो चारवटारिस्टब्याण्ड भेरिएन्टका साथ उपलब्ध हुन्छ ।

हाल यो चीनमा मात्र बिक्रीको लागि उपलब्धत छ, चीनमा यसको मूल्य ९९ चिनियाँ यूआन अर्थात करिब १६ सय रुपैयाँमा किन्न सकिन्छ।

रेडमी ब्याण्डमा १.०८ ईन्चको कलर डिस्प्ले राखिएको छ। यो स्पोर्ट्स मोडमा उपलब्ध हुन्छ भने अप्टिकल हार्ट रेट सेन्सरयुक्त रहेको छ जसले रियल टाइममा मुटुको धड्कन सुक्ष्म ध्यान दिन्छ।

यसमा स्लिप मनिटरिङ्ग फीचर पनि छ, जसले यूजर्सको निन्द्रा तरिका बारेमा जानकारी दिन्छ ।

यसमा ७२ प्रकारको फेस डायलहरु छन् । जसलाई यूजरको मनपर्ने विकल्प अनुसार छनौट गर्न सकिन्छ। यो चार रिस्टब्याण्डको अप्सनमा उपलब्ध हुन्छ।

ब्याण्डमा इन्टिग्रेटेड यूएसबी कनेक्टर प्राप्त हुन्छ, जसलाई युएसबी चार्जरमा कनेक्ट गरेर सजिलै चार्ज गर्न सकिन्छ। सिंगल चार्जमा यसले १४ दिनसम्म काम गर्दछ । यो रेडमी ब्यान्डलाई जूनसुकै एन्ड्रोइड स्मार्टफोनमा कनेक्ट गर्नसकिन्छ।

easy care

प्रकाशित: २२ चैत्र २०७६, शनिबार