चाइना मोबाइलद्धारा चीनमा ५जी नेटवर्क बनाउन ह्वावे र जेडटिईलाई प्राथमिकता

Technology Khabar २१ चैत्र २०७६, शुक्रबार

चाइना मोबाइलद्धारा चीनमा ५जी नेटवर्क बनाउन ह्वावे र जेडटिईलाई प्राथमिकता

काठमाडौं ।

चीन सरकारको स्वामित्वमा रहेको मोबाइल क्यारियरले आगामी पुस्ताको ५जी मोबाइल नेटवर्कको लागि घरेलु कम्पनीहरु ह्वावे र जेडटिईलाई मुख्यरुपमा छनौट गरेको छ ।

केहि महिनाअघिदेखि चिनियाँ सरकारले विदेशी कम्पनीहरुलाई चीनको ५जी नेटवर्क निर्माणमा स्वागत गर्ने बताएको थियो, अर्कोतर्फ अन्य देशहरुलाई भने चीनको कम्पनीहरुलाई नेटवर्क पूर्वाधार बनाउन दबाब दिँदै थियो । ह्वावे हाल अमेरिकी सरकारको कालोसूचीमा रहेको छ भने जेडटिईलाई पनि जरिवानापछि अमेरिकाले कारोबार फुकुवा गरेको थियो ।

तर हालै भएको सम्झौताअनुसार सरकारको अधिनमा रहेको चाइना मोबाइलले अन्त्यमा भने घरेलु कम्पनीलाई नै प्राथमिकता दिएकोछ । कम्पनीले कुल २ लाख ३२ हजार १४३ वटा ५जी बेस स्टेशनको लागि ३७.१ अर्ब चिनियाँ यूआनको ठेक्का गरेको छ ।

फाइनान्सियल टाइम्सकाअनुसार सो ठेक्का अवार्डमा कुल बेस स्टेशनहरुमध्ये ५७.२ प्रतिशत ह्वावेले पाएको छ भने बाँकी जेडटिईले २८.७ प्रतिशत पाएको छ । यसका साथै स्वीडिस टेलिकम ग्रुप एरिक्सनलेभने ११.५ प्रतिशत प्राप्त गरेको छ । बाँकी भने अर्को चिनियाँ कम्पनीले लगेको छ । सो अवार्डमा फिनल्याण्डको नोकियाले भने कुनै ठेक्का हात पारेन् ।

चिनियाँ टेक जायन्ट ह्वावेले गत वर्ष आफ्नो आम्दानीको ५९ प्रतिशत चीनबाट मात्र हासिल गरेको थियो ।

चाइना मोबाइलले गत वर्षदेखि ५जी नेटवर्क बनाउन थालेको हो जसमा पहिलो चरणमा एरिक्सन र नोकियालाई ६ प्रतिशत काम दिएको थियो ।

विश्लेषकहरुका अनुसार चाइना मोबाइलले चीनको ५जी खर्चको ५० प्रतिशत हिस्सा ओगट्छ । यसबाहेक चाइना यूनिकम र चाइना टेलिकमले पनि आफ्ना ५जी पूर्वाधारहरु बनाउँदैछन् । एजेन्सी

easy care

प्रकाशित: २१ चैत्र २०७६, शुक्रबार