
काठमाडौं ।
कोरोनाभाइरसको लकडाउनका कारण नेपालीहरु करिब दुईसातादेखि घरभित्रै बसिरहेका छन् । सोहि अवधिलाई दिएर गूगलले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार घरभित्रै बस्ने नेपालीहरुको अवस्थामा २८ प्रतिशतले वृद्धि भएको छ ।
गूगलले सार्वजनिक गरेको मोबिलिटी रिपोर्टअनुसार नेपालमा गएको फरवरी १६ तारिखदेखि मार्च २९ तारिखसम्मको रिपोर्टअनुसार घरबस्ने प्रवृत्तिमा २८ प्रतिशतले वृद्धि भएको हो ।
गूगलकाअनुसार सबैभन्दा धेरै परिवर्तन भने रिटेर र मनोरन्जनात्मक क्षेत्रमा देखिएको छ । जहाँ करिब ७८ प्रतिशत मोबिलिटी घटेको छ । त्यसपछि भने यात्रास्थलहरुको मोबिलिटीमा कमी आएको देखिएको छ । जहाँ बस स्टेशन वा बसपार्क जस्ता स्थानहरुमा करिब ७४ प्रतिशतको कमी देखिएको छ भने कामगर्ने स्थलमा सो अवधिमा ७२ प्रतिशतको कमी देखिएको छ ।
गूगल रिपोर्टकाअनुसार सो अवधिमा पार्कमा जाने मानिसहरुको चहलपहलमा भने केबल ५५ प्रतिशतको मात्र कमी देखिएको छ ।
गूगलले यो मोबिलिटी चेन्जेज रिपोर्टले जन स्वास्थ्य अधिकारीहरुलाई सोशल डिस्ट्यान्सलाई पालना गराउन सहयोगी हुने अपेक्षा गरेको छ ।
कम्पनीले यो रिपोर्ट मेडिकल डाइग्नोस्टिक वा उपचारमामा प्रयो गर्न नहुने भएपनि यसले मानिसहरुको यात्रा गतिबिधीको बारेमा जानकारी दिने उल्लेख गरेको छ ।
कम्पनीले यी डाटाहरु यूजर्सको डिभाइसमा भएको सेटिङ्गको आधारमा भएको उल्लेख गरेको छ । त्यसैगरि यो डाटा मानिसहरुको २३ दिन अगाडिको गतिबिधिको आधारमा तयार पारेको बताएको छ ।
कम्पनीले तयार पारेको डाटामा रिटेल एण्ड रिक्रिएसन, ग्रोसरी एण्ड फार्मेसी, पार्कस, बीचेज एण्ड प्लाजाज, बस, सबवे एण्ड ट्रेन स्टेशन्स, अफि बिल्डिङ एण्ड अदर प्लेसेज अफ वक्र्स र रेसिडेन्सियलसहितका ६ वटा शिर्षकहरुमा डाटा सार्वजनिक गरेको हो ।
गूगलले हालै नेपालसहित १३० देशका लागि यस्तै किसिमको डाटा सार्वजनिक गरेको छ । जसले कोभिड १९ संक्रमण रोकथामका लागि सहयोग गर्ने बताईएको छ ।
हेर्नुस रिपोर्ट-
2020-03-29_NP_Mobility_Report_enप्रकाशित: २१ चैत्र २०७६, शुक्रबार