उपभोक्ताहरुले पहिलो चौमासिकमा एप्समा मात्रै २३.४ अर्ब डलर खर्च गरे, सबैभन्दा धेरै गेमिङ्ग एप्समा

Technology Khabar २१ चैत्र २०७६, शुक्रबार

उपभोक्ताहरुले पहिलो चौमासिकमा एप्समा मात्रै २३.४ अर्ब डलर खर्च गरे, सबैभन्दा धेरै गेमिङ्ग एप्समा

काठमाडौं ।

लकडाउनमा रहेका मानिसहरुले घरभित्रै बसेर स्मार्टफोन चलाउने समय वृद्धिसँगै विभिन्न एप्समा गर्ने खर्च पनि वृद्धि भएको छ । मानिसहरुले एप्सबाट सपिङ्ग, वित्तीय व्यवस्थापन, एक्सरसाइज, अफिसको काम गर्नथालेसँगै ग्राहकहरुले एप्समार्फत गर्ने खर्चमा पनि वृद्धि भएको छ।

एप एनीको नयाँ तथ्यांकअनुसार उपभोक्ताहरुले सन् २०२० को पहिलो चौमासिकमा अहिलेसम्मकै सबैभन्दा धेरै खर्च गरेका छन् । रिपोर्टअनुसार एन्ड्रोयड डिभाइसका उपभोक्ताहरुले एप्स र गेम्सका लागि विश्वभर खर्च गर्ने समयमा पनि २० प्रतिशत वृद्धि भएको छ ।

सन् २०२० को पहिलो चौमासिकमा उपभोक्ताहरुले विश्वभर २३.४ बिलियन डलर अर्थात २३ अर्ब ४० करोड डलर विभिन्न एप्स स्टोरहरुमा खर्च गरेकाछन् । यो कुनैपनि चौमासिकमा भएको खर्च मध्ये सबैभन्दा धेरै भएको एप एनीको भनाई छ ।

सो रकममध्ये आईओएसमा मात्रै १५ अर्ब डलर खर्च भएको छ भने गूगल प्लेमा ८.३ अर्ब डलर खर्च गरेका छन् । दूबै प्लाटफर्ममा हेर्दा यो वार्षिकरुपमा ५ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

आईओएसमा गेमिङ्ग भन्दा बाहिरका एप्समा ३५ प्रतिशत खर्च भएको छ भने गूगल प्लेमा त्यस्तो खर्च १५ प्रतिशत छ । समग्रमा उपभोक्ताहरुले सो चौमासिकमा गेम्समा मात्रै १६.७ अर्ब डलर खर्च गरेका छन् ।

खर्चको हिसाबमा आईओएसमा अमेरिका र चीन सबैभन्दा धेरै योगदान देखिन्छ भने गूगल प्लेमा भने अमेरिका, जापान र दक्षिण कोरियालीले धेरै खर्च गरेका छन् ।

एन्ड्रोयड प्रयोगकर्ताले गेम्स, सोशल एण्ड इन्टरटेनमेन्ट एप्समा धेरै समय दिएका छन भने आईओएसका यूजर्सले गेम्स, इन्टरटेनमेन्ट एण्ड फोटो भिडियो एप्समा समय दिएका छन् ।

पहिलो चौमासिकमा विश्वभर ३१ अर्ब एप डाउनलोड भएको थियो जून अघिल्लो चौमासिकको तुलनामा १५ प्रतिशत अधिक हो ।

दुबै प्लाटफर्ममा गेमिङ्ग एप्सको डाउनलोड दर वार्षिकरुपमा २० प्रतिशतले वृद्धि भएको छ र जसमा १३ अर्ब डाउनलोड पुगेको छ । गूगल प्ले स्टोर यस्तो डाउनलोड २५ प्रतिशत छ ।

यूजरहरुले अधिकांश पजल सिमुलेसन, एक्सन र आर्केड गेम्स सो चौमासिकमा सबैभन्दा धेरै समय प्रयोग गरेका थिए ।

यसबाहेक स्वास्थ्य सम्बन्धि, शिक्षा र व्यवसाय सम्बन्धि एप्स डाउनलोडमा पनि वृद्धि देखिएको छ ।

easy care

प्रकाशित: २१ चैत्र २०७६, शुक्रबार

ताजा समाचार