फेसबुकको मेसेन्जर एप अब डेस्कटप भर्सनमा उपलब्ध, यस्तो छ डेस्कटप भर्सनका फीचरहरु

Technology Khabar २१ चैत्र २०७६, शुक्रबार

फेसबुकको मेसेन्जर एप अब डेस्कटप भर्सनमा उपलब्ध, यस्तो छ डेस्कटप भर्सनका फीचरहरु

काठमाडौं ।

सोशल मिडिया कम्पनी फेसबुकले बिहिबारदेखि आफ्नो मेसेन्जरको डेस्कटप भर्सन लन्च गरेको छ । कम्पनीले एप्पल म्याक र माइक्रोसफ्ट विण्डोजको लागि मेसेन्जरको डेस्कटप भर्सन लन्च गरेको हो ।

अब फेसबुक यूजर्सले डेस्कटप भर्सनबाट नै भिडियो च्याट गर्न सक्नेछन् ।
फेसुबकको यो कदम कोरोनाभाइरसको महामारीबाट बच्न मानिसहरु घरमा लकडाउन भएको अवस्थामा भिडियो कन्फ्रेन्सिङ्ग एप्सको माग अधिक भएको बेलामा आएको हो ।

पछिल्लो समयमा भिडियो कन्फ्रेन्सिङ्ग एप्स जूम, टिम्स लगायतको माग उच्च रहेको छ ।

फेसबुकले गत वर्ष नै मेसेन्जरको डेस्कटप भर्सन लन्च गर्ने घोषणा गरेको थियो, जतिबेला कम्पनीले आफूलाई प्राइभेट मेसेजिङ्ग कम्पनीको रुपमा परिवर्तन गर्ने बताएको थियो ।

फेसबुककाअनुसार पछिल्लो एक महिनाको अवधिमा मानिसहरुले डेस्कटप ब्राउज गर्ने र मेसेन्जमा अडियो भिडियो कल गर्ने क्रममा १०० प्रतिशत भन्दा बढिको वृद्धि भएको छ ।

‘हामी शारिरिकरुपमा टाढा भएपनि हामी अझै नजिक हुनका लागि थप माध्यमहरु खोजिरहेका छौं,’ फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जूकरबर्गले भने ।

तर मेसेन्जरमा एक पटकमा ८ जना भन्दा बढिसँग कुराकानी गर्ने सुविधा छैन् । त्यसैगरि डेस्कटप भर्सनमा यूआरएल शेयरको सुविधा पनि छैन जसले अन्य मानिसहरुले सो कलमा सहभागी हुन सकुन् ।

मेसेन्जरको डेस्कटप भर्सनमा डार्क मोड र जीआईएफ सपोर्ट छ भने नयाँ मेसेजहरुको लागि नोटिफिकेसन पनि राखिएकोछ । यो डेस्कटप भर्सन फेसबुकको मोबाइल एपसँग सिन्क्रोनाइज गर्ने गर्दछ । यसमा मल्टिटास्किङ्ग फीचर पनि राखिएको छ ।

यदि तपाईँपनि मेसेन्जरको डेस्कटप भर्सन डाउनलोड गर्न चाहनुहुन्छ भने माइक्रोसफ्ट स्टोरम्याक एप स्टोरबाट डाउनलोड गर्न सक्नुहुनेछ ।

https://www.facebook.com/watch/?v=237772287272154

easy care

प्रकाशित: २१ चैत्र २०७६, शुक्रबार

ताजा समाचार