एनसेलले २५ प्रतिशत घटायो इन्टरनेट शुल्क, रु.२ प्रति एमबी रहेको शुल्क अब रु.१.५० प्रति एमबी मात्र

Technology Khabar २० चैत्र २०७६, बिहीबार

एनसेलले २५ प्रतिशत घटायो इन्टरनेट शुल्क, रु.२ प्रति एमबी रहेको शुल्क अब रु.१.५० प्रति एमबी मात्र
Classic Tech
Nepal Telecom

एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबार (चैत्र २०) बाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डाटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् ।

एनसेलले आफ्नो कर बाहेक रु २ प्रति एमबी रहेको पे एज यु गो शुल्क रु १.५० प्रति एमबीमा झारेको छ । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहनेछ ।

सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यस अघिनै पे एज यु गो अन्तर्गत ग्राहकलाई डाटामा बोनस समेत दिदै आएको छ जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ । यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डाटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डाटा शुल्क थप सुलभ हुँदै जान्छ ।

पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डाटा प्रयोग गर्न सक्नेछन् । जब ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डाटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डाटा पाउँदै जानेछन् ।

जब ग्राहकले आफ्नो ब्यालेन्सबाट रु २, रु ५, रु १०, रु २०, रु ३० वा यो भन्दा थप रु १० का दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा बोनस डाटा प्राप्त गर्दै जानेछन् । शुरुमा रु १० डाटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक रु १० मा ग्राहकले २०/२० एमबी डाटा बोनस पाउने छन् ।

यदि ग्राहकले रु २ मेन ब्यालेन्स १.०४ एबी डाटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डाटा बोनस पाउनेछन् । यसैगरी ग्राकहले रु ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ७३ एमबी डाटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको रु १०० डाटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबी सहित कुल २५० एमबी डाटा पाउनेछन् ।

कोरोनाभाइरसले निम्त्याएको महामारीको यस समयमा, एनसेलले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न योजनाहरु जस्तै सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे होम प्याक पनि प्रदान गर्दै आएको जनाएको छ ।

TK Viber

प्रकाशित: २० चैत्र २०७६, बिहीबार

Comments are closed.

Loading...