सामसङ ग्यालेक्सी एस२० फोन २ वर्षपछि फिर्ता गर्नुस्, नयाँ किन्दा ५० प्रतिशत क्रेडिट पाउनुस्

Technology Khabar २० चैत्र २०७६, बिहीबार

सामसङ ग्यालेक्सी एस२० फोन २ वर्षपछि फिर्ता गर्नुस्, नयाँ किन्दा ५० प्रतिशत क्रेडिट पाउनुस्
सामसङ ग्यालेक्सी एस२० सिरिज। फाइल

काठमाडौं ।

सामसङले आफ्नो हालै लन्च गरेको ग्यालेक्सी एस२० सिरिजका फोनहरु २ वर्षपछि फिर्ता गर्दा ५० प्रतिशत रकम दिने भएको छ। कम्पनीले हालै आधिकारिकरुपमा नै बाई ब्याक प्रोग्राम(Buy back program) शुरु गर्दै ग्यालेक्सी एस२० सिरिजका फोनहरु २ वर्षपछि कम्पनीलाई फिर्ता गर्दा पनि ५० प्रतिशत रकम दिने भएको घोषणा गरेको छ ।

तर यो बाई ब्याक प्रोग्राम नेपालका लागि भने होईन् ।

कम्पनीले गरेको घोषणा अनुसार यदि प्रयोगकर्ताको फोन सहि अवस्थामा छ भने सो ५० प्रतिशत रकम दिनेछ । कम्पनीले सो फोनको आधिकारीक मूल्यको ५० प्रतिशत क्रेडिटमा दिनेछ जून तपाईँले अर्को नयाँ सामसङको फोन वा ट्याबलेट किन्न प्रयोग गर्न सक्नुहुनेछ ।

यसको अर्थ तपाईँले सामसङ ग्यालेक्सी एस२० अल्ट्रा किन्नुभएको छ र २ वर्षपछि कम्पनीलाई फिर्ता दिनुभयो भने तपाईँले करिब ७०० अमेरिकी डलर पाउनुहुनेछ । त्यसैगरि ग्यालेक्सी एस२० प्लसमा ६०० डलर पाईनेछ भने ग्यालेक्सी एस२० मा करिब ५०० डलर पाईनेछ ।

तर तपाईँले कम्पनीलाई बेच्ने ती फोनहरु भने सहि अवस्थामा हुनुपर्ने कपनीले जानकारी दिएको छ, जसको लागि कम्पनीले केहि आधारहरु समेत तोकेको छ । यसको लागि ग्राहकहरुले आफ्नो नाम सो कार्यक्रमको लागि दर्ता गर्नुपर्नेछ ।

सामसङले यो कार्यक्रमअन्तरगत पुरानो ग्यालेक्सी एस२० सिरिजको फोनबाट नयाँ डिभाइसमा तपाईँको सबै डाटा ट्रान्सफर गरिदिनेछ ।

त्यसैगरि कम्पनीले नयाँ डिभाइस किन्दा तपाईँलाई नयाँ डिभाइस घरमा नै पठाईदिनेछ भने तपाईँले आफ्नो नयाँ डिभाइस पाएको १५ दिनपछि आफ्नो पुरानो फोन पठाउनुपर्नेछ ।

तर यो योजना कम्पनीको आधिकारीक वेबसाइट तथा एपमा मात्र लागू गरिएको छ । यसको लागि सामसङ डटकम तथा सामसङ एपमा जानुपर्नेछ ।

यो योजनामा सामसङले पुरानो फोनको अवस्था हेरेर स्वीकार गरेन भने त्यसको मूल्यांकन केबल २५ डलर गर्नेछ र तपाईँले फोन समेत फिर्ता माग्न सक्नुहुनेछ । तर तपाईँले दुबै फोन आफैंसँग राखेको खण्डमा भने कम्पनीले नयाँ डिभाइसको पुरै शुल्क असुल गर्नेछ ।

सो बाई ब्याक प्रोग्राम हाल अमेरिकाको लागि मात्र राखिएको छ । एजेन्सी

easy care

प्रकाशित: २० चैत्र २०७६, बिहीबार

ताजा समाचार