कोरानाभाइरस विरुद्ध लड्न सरकारी कोषमा दूरसंचार प्राधिकरणले दियो १५ करोड रुपैयाँ

Technology Khabar २० चैत्र २०७६, बिहीबार

कोरानाभाइरस विरुद्ध लड्न सरकारी कोषमा दूरसंचार प्राधिकरणले दियो १५ करोड रुपैयाँ
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

नेपाल दूरसंचार प्राधिकरणले कोरोनाभाइरस नियन्त्रणका लागि स्थापना गरिएको सरकारी कोषमा १५ करोड रुपैयाँ दिएको छ ।

दूरसंचार क्षेत्रको नियमनकारी निकाय दूरसंचार प्राधिकरणले सो कोषमा रकम जम्मा गर्ने बारेमा बोर्डबाट बुधबार निर्णय गरेको थियो ।

सो रकम आजै कोषमा जम्मा गर्न सरकारलाई चेक हस्तान्तरण गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

‘हिजो बोर्डबाट निर्णय गरिएको थियो र आज हस्तान्तरण गर्दैछौं,’ उनले भने ।

प्राधिकरणले सो रकम वार्षिक कार्यक्रम तथा बजेटमा सूचना तथा संचार प्रविधि विकास र प्रबर्द्धनको लागि सहयोग गर्न बिनियोजन बजेटबाट खर्च लेख्ने गरी सो रकम उपलब्ध गराएको हो ।

यसका साथै सबै दूरसंचार सेवा प्रदायकहरुलाई पनि सो कोषमा सहयोग गर्न अनुरोध गरेको छ ।

सरकारले कोरोनाभाइरस (कोभिड-१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि कोष स्थापना गरेको छ । सो कोषमा विभिन्न संघ संस्था तथा निजी क्षेत्रले कोभिड १९ विरुद्ध लड्नका लागि सरकारलाई सहयोग गर्ने उद्धेश्यले रकम जम्मा गरिरहेका छन् ।

Global Bank
easy care

प्रकाशित: २० चैत्र २०७६, बिहीबार