नेपाल प्रहरीले लकडाउनको अनुगमन ड्रोनमार्फत गर्दै

Technology Khabar २० चैत्र २०७६, बिहीबार

नेपाल प्रहरीले लकडाउनको अनुगमन ड्रोनमार्फत गर्दै

काठमाडौं ।

कोरोनाभाइरस विरुद्धको लकडाउनलाई ध्यानमा राखेर नेपाल प्रहरीले ड्रोनमार्फत अनुगमन गर्ने भएको छ । कोरोना भाइरस संक्रमण फैलन नदिन गरिएको लकडाउन अनुगमन गर्न पहिलो पटक प्रहरीले ड्रोन प्रविधिको प्रयोग गरेको हो ।

अनुगमनका लागि प्रहरीले २ वटा ड्रोन संचालनमा ल्याएको छ । ड्रोनबाट खिचिएको भिडियोलाई नेपाल प्रहरीले आफ्नो यूट्यूब एकाउन्टमा समेत राखेको छ । लकडाउनको लागि हाल काठमाडौंमा ड्रोन प्रयोग गरिएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीको सो ड्रोनबाट खिचिएको भिडियोमा मुख्य मुख्य शहरी क्षेत्र र सडकहरुको अनुगमन गरिएको छ । भिडियो करिब ४ मिनेटको छ ।

कसैले लकडाउनको अनुगमनमा गर्दा उलंघन गरेको भेटिएमा कानूनअनुसार कारबाही गर्ने प्रहरीले जनाएको छ।

easy care

प्रकाशित: २० चैत्र २०७६, बिहीबार