एप्पलको बजेट मूल्य आईफोन ९ अप्रिल १५ मा लन्च हुने, मिड रेन्जका स्मार्टफोनसँग प्रतिस्पर्धा

Technology Khabar २० चैत्र २०७६, बिहीबार

एप्पलको बजेट मूल्य आईफोन ९ अप्रिल १५ मा लन्च हुने, मिड रेन्जका स्मार्टफोनसँग प्रतिस्पर्धा

काठमाडौं ।

एप्पलले आफ्नो बजेट आईफोनको रुपमा ल्याउने भनिएको आईफोन ९ यहि अप्रिल१५ मा लन्च हुनसक्ने संभावना रहेको छ । सन् २०१६ मा लन्च भएको आईफोन एसईको अपग्रेड भर्सन र सस्तो आईफोन भनेर चिनिने फोन अप्रिल १५ मा नै लन्च हुनसक्ने बताईएको छ ।

हालै आएको एक रिपोर्टअनुसार कम्पनीको आन्तरिक मिटिङ्गले सो फोन आधिकारिकरुपमा अप्रिल ९ मा लन्च गर्ने तयारी गरेको छ । त्यसैगरि फोन अप्रिल २२ देखि मात्र बजारमा उपलब्ध हुनेछ ।

तर कम्पनीले यसको लागि कुनै औपचारिक अनलाइन इभेन्ट गर्छ वा गर्दैन भन्ने केहि स्पस्ट छैन् । यसअघि कम्पनीले आईप्याड, म्याकबुक लगायतका डिभाइसहरु प्रेस विज्ञप्तिमार्फत मात्र लन्च गरेको थियो ।

बजेट आईफोन भनेर चिनिने र सबैभन्दा सस्तो मूल्यमा आउने आईफोन ९ को मूल्य संभवत ३४९ डलर वा ३९९ डलरबाट शुरु हुनेछ । एप्पलले आईफोन ९ का साथमा मिड रेन्जको बजारमा प्रतिस्पर्धा गर्नेछ ।

आईफोन ९ मा यसअघिको आईफोन ८ को जस्तै डिजाइन हुनेछ । यसमा ४.७ इन्चको रेटिना स्क्रीन हुनेछ भने वायरलेस चार्जिङ्गको लागि पछाडि ग्लास प्यानल राखिनेछ । त्यसैगरि यसमा एप्पलको आफ्नौ ए१३ बायोचिप, ३जीबी र्याम र १२८ जीबी सम्मको स्टोरेज अप्सन हुनेछ । फोनमा फिजिकल क्यापासिटिभ टच आईडी सेन्सर हुनेछ ।

तर कम्पनीले कोरोनाभाइरस महामारीको कारणले लन्च मिति सार्न सक्ने विषय भने नकार्न सकिँदैन् । एजेन्सी

easy care

प्रकाशित: २० चैत्र २०७६, बिहीबार