नोकिया फोन बनाउने कम्पनी एचएमडी ग्लोबल पहिलो पटक नाफामा

Technology Khabar १९ चैत्र २०७६, बुधबार

नोकिया फोन बनाउने कम्पनी एचएमडी ग्लोबल पहिलो पटक नाफामा

काठमाडौं ।

नोकिया फोनको उत्पादक कम्पनी एचएमडी ग्लोबल पहिलो पटक नाफामा गएको छ । कम्पनीले सन् २०१९ को चौथो चौमासिकमा पहिलो पटक नाफा आर्जन गर्न सफल भएको हो ।

सो अवधिमा कम्पनीले बिभिन्न ओडिएमहरुको प्रयोगद्धारा नोकिया फोनहरुलाई छानिएका बजारहरुमा केन्द्रिकित गरेरबिक्री गर्दा पहिलो पटक नाफा आर्जन भएको बताएको छ ।

कम्पनीले पहिलो पटक नाफा कमाएपनि बिक्रीमा भने कमी देखिएको छ । कम्पनीले सो अवधिमा केबल ३० लाख भन्दा कम मोबाइल फोनहरु बिक्री गरेको बताईएको छ ।

नोकिया बनाउने कम्पनी एचएमडीले दोस्रो चरणको वित्तीय सहयोग लिने तयारी गरिरहेको बेलामा कम्पनीले नाफा कमाएको रिपोर्ट आएको छ ।
नोकिया ब्राण्डका मोबाइल फोनहरु एचएमडीले बिक्री गर्दै आएको छ जसमा फक्सकनको अधिनमा रहेको एफआईएच मोबाइलको समेत १० प्रतिशत शेयर हिस्सा रहेकोछ । एचएमडीले विभिन्न उत्पादकहरुसँग नोकिया फोन बनाउने सम्झौता गरेको छ ।

कम्पनीले शुरुवाती चरणमा समस्या भोगेपनि अहिले भने कम्पनीले प्रमुख बजारहरुमा आफूलाई बिस्तार गर्दैछ ।

नेपालमा पनि नोकियाका फोनहरु आधिकारीकरुपमा उपलब्ध रहेका छन् । नेपालमा टेलिटक ग्रुपले नोकियाका फोनहरु बिक्री गर्दै आएको छ ।

Global Bank
easy care

प्रकाशित: १९ चैत्र २०७६, बुधबार

ताजा समाचार