अमेरिकी वायरलेस क्यारियर टि-मोबाइल र स्प्रीन्टको मर्जर, संयुक्त कारोबार शुरु

Technology Khabar १९ चैत्र २०७६, बुधबार

अमेरिकी वायरलेस क्यारियर टि-मोबाइल र स्प्रीन्टको मर्जर, संयुक्त कारोबार शुरु
Classic Tech

विश्वकै सबैभन्दा ठूलो टेलिकम कम्पनीहरुको मर्जर मानिएको अमेरिकी टेलिकम कम्पनी टि-मोबाइल र स्प्रीन्टको मर्जर आज पुरा भएको छ । २६.५ बिलियन डलरको यो मर्जरका लागि टि-मोबाइलले अमेरिकाका १६ बैंकहरुसँग ऋण लिएको छ ।

करिब २ वर्षपछि टि मोबाइल र स्प्रीन्टको मर्जपछि कम्पनीहरुले अप्रिल १ अर्थात आजदेख संयुक्त कारोबार गरेका छन् । यो मर्जर अमेरिकाको तेस्रो र चौथो ठूला राष्ट्रिय वायरलेस क्यारियरहरुबिच भएको हो ।

यसअघि अमेरिकाका सबै निकायहरुले सो मर्जरलाई ग्रीन सिग्नल दिईसकेका छन् ।

टि मोबाइल र स्प्रीन्ट मोबाइल बिचको मर्जरले मूल्य बढाउने आशंकाका बिचमा कम्पनीले भने आगामी ३ वर्षसम्मका लागि मूल्य नबढ्ने बताईसकेको छ । यो मर्जरसँगै अब अमेरिकामा डिस नेटवर्क चौथो ठूलो नेशनल क्यारियर भएको छ ।

टि-मोबाइलले यसको लागि १६ वटा बैंकहरुबाट २३ बिलियन डलर ऋण लिनेछ भने मर्जरपछि कम्पनीको नाम टि मोबाइल रहनेछ । टि मोबाइलका सिईओ जोन लेग्रीले पद छोडेका छन भने कम्पनीका सिओओ माइक सिभर्ट अब सिईओ भएका छन् ।

टि मोबाइलले मर्जपछि आफूले पालना गर्ने शर्तहरुको आधारमा मात्र सो अनुमति पाएको थियो । जसअन्तरगत कम्पनीले देशभरी ५जी बिस्तार गर्ने, वायरलेस होम ब्रोडब्याण्ड बनाउने, ग्रामीण भेगका ग्राहकहरुलाई कम्तिमा १०० एमबिपिएसको स्पीडमा ब्रोडब्याण्ड दिनेलगायतका शर्तहरु छन् ।

दुबै कम्पनीको मर्जपछि स्प्रीन्टका ग्राहकहरुलाई टि मोबाइलमा लान कम्तिमा ३ वर्ष लाग्ने बताईएको छ । किनकी टि मोबाइल जीएसएममा आधारित छ भने स्प्रीन्ट सिडीएमए प्रविधिमा आधारित रहेको छ ।

TK Viber

प्रकाशित: १९ चैत्र २०७६, बुधबार

Loading...