भिडियो कन्फ्रेन्सिङ्ग एप्स एक सातामै ६ करोड २० लाख डाउनलोड थपियो

Technology Khabar १९ चैत्र २०७६, बुधबार

भिडियो कन्फ्रेन्सिङ्ग एप्स एक सातामै ६ करोड २० लाख डाउनलोड थपियो

काठमाडौं ।

लकडाउनका साथमा मानिसहरु घरबाट नै काम गरिरहेका छन् । जसअन्तरगत वर्क फ्रम होमको लागि पछिल्लो दिनमा भिडियो कन्फ्रेन्सिङ्ग एप्सको माग निकै बढेको छ ।

हालै आएको एप एन्नीको एक रिपोर्टअनुसार विश्वभर भिडियो कन्फ्रेन्सिङ्ग एपको डाउनलोड एकै सातामा ६ करोड २० लाख सम्म पुगेको छ । बिजनेस कन्फ्रेन्सिङ्ग एप्सको डाउनलोडले यसका साथमा रेकर्ड कायम गरेको हो । यो तथ्यांक मार्च १४ देखि मार्च २१ तारिखसम्मको हो ।

यसैबिचमा सोशल नेटवर्किङ्ग भिडियो एप हाउसपार्टिको डाउनलोड पनि यूरोपमा उच्च देखिएको छ ।

यो संख्या आईओएस र गूगल प्ले दुबैको गरेर हो जबकी मार्चको शुरुवातमा भिडियो कन्फ्रेन्सिङ्ग एपको वृद्धिदर ४५ प्रतिशत देखिएको थियो ।

भिडियो कन्फ्रेन्सिङ्ग एपहरुमध्ये प्रयोग निकै उच्च भएकोमा गूगलको ह्यांगआउट, माइक्रोसफ्टको टिम्स र जूम भिडियो मिटिङ्ग जस्ता एप्स रहेका छन् । जूम एप गएको फरवरी र मार्च महिनामा पहिलो स्थानमा रहेको थियो भने यसको माग अमेरिका, बेलायतसहित यूरोपेली मुलुकमा धेरै देखिएको छ ।

अध्ययनको सो अवधिमा जूम एप अमेरिकामा मात्रै अन्य सामान्य दिनभन्दा १४ गुणा अधिक डाउनलोड भएको थियो ।

त्यसैगरि सेन्सर टावरको अर्को रिपोर्टअनुसार जूमको अमेरिकी डाउनलोड मध्य मार्चमा अहिलेसम्मकै उच्च थियो । महत्वपूर्ण के हो भने जूम भिडियो कन्फ्रेन्सिङ्ग एप मार्च ९ भन्दा अगाडि अमेरिकामा प्रमुख १०० को सर्च सूचीमा पनि थिएन् । एजेन्सी

easy care

प्रकाशित: १९ चैत्र २०७६, बुधबार