चीनमा हुने फोन बिक्री पुर्णरुपमा पुरानै अवस्थामा फर्किने शाओमीको भनाई, नाफामा वृद्धि

Technology Khabar १९ चैत्र २०७६, बुधबार

चीनमा हुने फोन बिक्री पुर्णरुपमा पुरानै अवस्थामा फर्किने शाओमीको भनाई, नाफामा वृद्धि

काठमाडौं ।

चीनको मोबाइल बजारमा पूर्णरुपमा बिक्री सुधार हुने संकेत देखिएको चिनियाँ स्मार्टफोन मेकर शाओमी कर्पले बताएको छ । कोरोनाभाइरसका कारण लक डाउनमा रहेको मुलुक भर्खर मात्रै सामान्य अवस्थामा फर्किने कोसिस गर्दैछ ।

शाओमीका चिफ फाइनान्सियल अफिसन शोउ झी च्यूले मंगलबार आयोजित अर्निङ्ग कलमा चिनियाँ बजार पुरै रिकभरीको चरणा रहेको बताएका हुन् । उनले यसअघि नै सामान्य अवस्थाको करिब ८० देखि ९० प्रतिशत रिकभरी भएको बताए ।

उनकाअनुसार चीनमा कोरोनाभाइरसका कारण पहिलो चौमासिकमा बिक्री घटेको छ ।

अन्य देशहरुमा पनि भाइरस फैलिएको भएपनि विश्वभर स्मार्टफोनको मागमा लचकता आउने बताए । कम्पनीले मार्च र अप्रिल महिनामा विश्व बजारमा बिक्रीमा जोड लगाउने गरेपनि अब भने आगामी मे महिनामा रिकभरी हुने उनको भनाई थियो ।

शाओमीले २०१९ को अक्टोबर डिसेम्बर अवधिको आम्दानीमा २७ प्रतिशतको वृद्धि भएको जानकारी दिएको छ, जुन विश्लेषकहरुको अपेक्षा भन्दा माथि हो ।

चौथो चौमासिकमा शाओमीको बिक्री ५६.५ बिलियन यूआन पुगेको छ, जून अघिल्लो वर्ष ४४.४२ बिलियन यूआन मात्र थियो । कम्पनीले आफ्नो आम्दानीमध्ये करिब ६० प्रतिशत मोबाइल फोनको बिक्रीबाट गर्ने गर्दछ भने यसबाहेक शाओमीले अनलाइन विज्ञापनहरु र अन्य उपभोक्ताजन्य उपकरणहरु समेत बेच्दछ ।

शाओमीको आम्दानी गत वर्षको सोहि अवधिमा २३ प्रतिशतले वृद्धि हुँदै ३०.८ बिलियन डलर पुगेको छ । समग्र वर्षको आधारमा हेर्दा भने कम्पनीको नाफा घटेको छ ।

शाओमीले आफ्नो पुरै अपरेशन पुन शुरु भएको बताएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १९ चैत्र २०७६, बुधबार

ताजा समाचार