Technology Khabar १८ चैत्र २०७६, मंगलवार
दक्षिण कोरियाली कम्पनी सामसङले यो वर्षदेखि एलसिडी प्यानलहरुको उत्पादन बन्द गर्ने भएको छ।
कोरियाली प्यान निर्माता कम्पनी सामसङ डिस्प्लेले लिक्विड क्रिस्टल डिस्प्ले(एलसिडी) प्यानल आफ्नो दक्षिण कोरियामा रहेको र चीनमा रहेको प्लान्टहरुबाट उत्पादन बन्द गर्ने बताएको छ।
सामसङ डिस्प्ले कोरियन टेक जायन्ट सामसङ इलेक्ट्रोनिक्सको प्यानल उत्पादन यूनिट हो । कम्पनीले अक्टोबरसम्म आफ्नो देशभित्रको दुईमध्ये एउटा एलसिडी उत्पादन लाइन बन्द गरेको थियो । कम्पनीले एलसिडी प्यानको माग घट्दोक्रममा भएको भन्दौ सो उत्पादन रोकेको थियो ।
कम्पनीले यो वर्षभरी एलसिडी आफ्ना ग्राहकहरुलाई दिन कुनै समस्या नभएको समेत जनाएको छ।
एप्पलको लागि पनि आपूर्तिकर्ता रहेको सामसङ डिस्प्लेले गएको अक्टोबरमा १३.१ ट्रिलियन कोरियन वन आफ्नो प्रडक्सन लाइनलाई अपग्रेड गर्न लगानी गर्ने बताएको थियो । सो लगानी आगामी ५ वर्षभित्रमा कम्पनीको एलसिडी लाइनलाई क्वान्टम डट स्क्रीनको मास प्रडक्सनका लागि तयार गर्न प्रयोग गर्नेछ।
सामसङले कोरियामा र चीनमा दुई दुईवटा एलसिडी प्रडक्सन लाइनहरु संचालन गरिरहेको छ । एजेन्सी
प्रकाशित: १८ चैत्र २०७६, मंगलवार