नेपाल टेलिकममा अब २०० रुपैयाँसम्म व्यालेन्स ट्रान्सफरको सुबिधा, यसरी गर्नुस् रकम ट्रान्सफर

Technology Khabar १८ चैत्र २०७६, मंगलवार

नेपाल टेलिकममा अब २०० रुपैयाँसम्म व्यालेन्स ट्रान्सफरको सुबिधा, यसरी गर्नुस् रकम ट्रान्सफर
फाइल

काठमाडौं ।

नेपाल टेलिकमले एक ग्राहकको मोबाइलबाट अर्को ग्राहकको मोबाइलमा पठाईने रकमको लागि गरिने व्यालेन्स ट्रान्सफरमार्फत २०० रुपैयाँसम्म पठाउन सक्ने सुबिधा दिएको छ ।

कम्पनीले यो सुबिधा प्रिपेड र पोस्टपेड दुबै ग्राहकहरुका लागि शुरु भईसकेको जानकारी दिएको छ ।

कम्पनीकाअनुसार एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा यूएसएसडी (USSD) कोडमार्फत एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिनेछ ।

यसअघि यस्तो सुबिधा एक दिनमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था थियो ।

यसरी गर्नुस ब्यालेन्स ट्रान्सफर

यसका लागि मोबाइलबाट 422*SCode*MobileNumber*AmountInRupees# डायल गर्नु पर्दछ भने यसमा उल्लेख गरिएको SCODE (सेक्युरिटी कोड) प्राप्त गर्न SCODE टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्दछ ।

उदाहरणका लागि व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर ९८४१xxxxxx मा रु. २०० ट्रान्सफर गर्न 422*SCode*9841xxxxxx*200# डायल गर्नु पर्दछ । USSD कोडको अलावा नेपाल टेलिकमको मोबाइल एप नेपाल टेलिकम (Nepal Telecom) बाट पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

यसरी व्यालेन्स ट्रान्सफर गरेपछि रकम पठाउने र रकम प्राप्त गर्ने दुबै नम्बरमा ट्रान्सफर गरिएको रकम सहितको सन्देश १४१५ बाट एसएमएस अलर्टको रुपमा प्राप्त हुने कम्पनीले उल्लेख गरेको छ ।

Global Bank
easy care

प्रकाशित: १८ चैत्र २०७६, मंगलवार

ताजा समाचार