उपभोक्ता डिभाइसको आपूर्तिमा आगामी ९ महिनाभित्र ४२ अर्ब डलर आम्दानी गुम्नेः रिपोर्ट

Technology Khabar १८ चैत्र २०७६, मंगलवार

उपभोक्ता डिभाइसको आपूर्तिमा आगामी ९ महिनाभित्र ४२ अर्ब डलर आम्दानी गुम्नेः रिपोर्ट

काठमाडौं ।

कोरोनाभाइरसका कारण विश्वभर स्मार्ट डिभाइस भेण्डरहरुले आगामी ९ महिनामा करिब ४२ अर्ब डलरको आम्दानी गुमाउने नयाँ रिपोर्टमा सार्वजनिक भएको छ ।

जुनिपर रिसर्चका विश्लेषकहरुका अनुसार स्मार्टफोन, ट्याबलेट, कन्जुमर रोबोटिक, स्मार्ट स्पीकर र स्मार्टवेयरलगायतका भेण्डरहरुले सो आम्दानी गुमाउने भएका हुन् । जसमा तीन तहको प्रभाव देखिनसक्ने अनुमाान गरिएको छ ।

अनुसन्धानअनुसार आगामी ९ महिनामा ८ करोड डिभाइसहरुको उत्पादक घटाईने प्रक्षेपण गरिएको छ । जसमा ब्याट्री, प्रोसेसर, डिस्प्लेलगायतका कम्पोनेन्टहरुको आपूर्तिमा ढिलाईले उत्पादनलाई अवरोध गर्ने बताईएको छ । एप्पल, सामसङ, अमेजन, शाओमी र ह्वावेले डिभाइसको माग पुरा गर्नका लागि उनीहरुको कुनै सप्लाई चेनमा कमी देखिएको खण्डमा उनहरुले त्यसलाई बन्द गर्न सक्नुपर्ने सुझाव दिईएको छ ।

रिपोर्टअनुसार आगामी ९ महिनामा डिभाइसरुको कमी हुनुका साथै ८५ प्रतिशत भन्दा बढि सिपमेन्ट रोकिने अनुमान गरिएको छ ।

यसका साथै कोरोनाभाइरसले दिर्घकालिनरुपमा असर पर्ने र नयाँ डिभाइसको विकास र उत्पादनलाई पनि प्रभाव पार्ने अनुमान गरिएको छ । वित्तीय समस्या आएसँगै बजारमा नयाँ डिभाइसको माग समेत घट्ने अनुमान गरिएको छ, जसले गर्दा प्रमुख भेण्डरहरुले आफ्नो घाटा पूर्ति गर्न कठिन हुने बताईएको छ ।

डिभाइस भेण्डरहरुले कम्पोनेन्टमा आउने समस्यालाई समाधान गर्नका लागि सप्लाईचेनलाई विविधिकरण गर्नुपने सुझाव दिईएको छ ।

easy care

प्रकाशित: १८ चैत्र २०७६, मंगलवार

ताजा समाचार