विद्युतीय कारोबार थप प्रभावकारी बनाईने, २०७७ असारसम्म कुनै शुल्क लिन नपाईने व्यवस्था

Technology Khabar १७ चैत्र २०७६, सोमबार

विद्युतीय कारोबार थप प्रभावकारी बनाईने, २०७७ असारसम्म कुनै शुल्क लिन नपाईने व्यवस्था

काठमाडौं ।

देशभर सरकारले कोरोना भाइरसको संक्रमणबाट बचाउन लकडाउन गरेसँगै मानिसहरु घरभित्रै बस्न बाध्यछन् । कलकारखाना तथा उद्योग व्यवसाय पनि अधिकांश बन्द नै रहेका छन् । यसले गर्दा समग्र अर्थतन्त्र नै प्रभावित भएको छ ।

यहि विषयलाई ध्यानमा राखेर केन्द्रिय बैंकले विभिन्न किसिमका राहतको प्याकेज ल्याएको छ । सो प्याकेज अन्तरगत नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन नयाँ निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार विद्युतीय कारोबार अन्तरगत यसलाई थप प्रभावकारी बनाउन र बढी भन्दा बढी सेवाग्राहीको पहुँचमा पुर्याउनका लागि विद्युतीय कारोबारका सबै सेवाहरु २०७७ असार मसान्तसम्म निशुल्क गर्नुपर्नेछ ।

विद्युतीय कारोबारको पहुँच बिस्तार गर्न सर्भिस इनेबल गर्ने, पासवर्ड रिसेट, पिन रिसेट, अथेन्टिकेसन, भेरिफिकेसन, कार्ड रिनुअल जस्ता अनलाइन कारोबार गर्न अवाश्यक पर्ने कार्यहरुको लागि जोखिम व्यवस्थापन गर्न समेत बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

त्यसैगरि ग्राहकको टेलिफोन तथा इमेलमार्फत प्राप्त भएका अनुरोधलाई अबिलम्ब स्वीकार गरी विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न निर्देशन दिएको छ ।

यी सबै किसिमका सेवाहरुका कुनैपनि बैंक तथा वित्तीय संस्थाहरुले २०७७ असार मसान्तसम्म कुनैपनि शुल्क लिन नपाईने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जानकारी दिएको छ ।

सो निर्देशनअनुसार चैत महिनाभित्र तिर्नुपर्ने क्रेडिट कार्डको समेत किस्ताहरु भुक्तानीको लागि २०७७ असार मसान्तसम्म तिरे हुने व्यवस्था गरिएको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १७ चैत्र २०७६, सोमबार

ताजा समाचार