नेपाल टेलिकमको मोबाइलमा ब्यालेन्स सकियो ? त्यसोभए यसरी घरमा नै बसेर गर्नुस् रिचार्ज

Technology Khabar १७ चैत्र २०७६, सोमबार

नेपाल टेलिकमको मोबाइलमा ब्यालेन्स सकियो ? त्यसोभए यसरी घरमा नै बसेर गर्नुस् रिचार्ज

काठमाडौं ।

देशभर सरकारले कोरोना भाइरसको संक्रमणबाट बचाउन लकडाउन गरेसँगै मानिसहरु घरभित्रै बस्न बाध्यछन् । यस्तो बेलामा मानिसहरुले घरबाटै मोबाइल र इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् ।

तर मोबाइल वा इन्टरनेटको रिचार्ज वा शुल्क सकियो भने कसरी रिचार्ज गर्ने भन्ने प्रश्नले धेरैलाई सताएको पनि छ ।

यहि बेलामा नेपालको सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमले भने घरभित्रै बसेर रिचार्ज गर्न सकिने सुविधा ल्याएको छ ।
सरकारी कम्पनी नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकमले घरबाटै मोबाइल वा इन्टरनेट सेवा रिचार्ज गर्न सकिने सुविधा दिएको हो ।

घरमा नै बसेर मानिसहरुले नेपाल टेलिकमले कुनैपनि बैंकको एटिएम कार्डमार्फत रिचार्ज गर्न सकिने सुविधा दिएको छ ।

यदि तपाईँ पनि घरभित्रै बसेर टेलिकको सेवा रिचार्ज गर्न चाहनुहुन्छ भने तपाईँले कार्डपे डट एनटिसी डट नेट डट एनपीमा लगइन गरेर आफ्नो सेवा रिचार्ज गर्न सक्नुहुनेछ ।

सो वेबसाइटमार्फत रिचार्ज गर्नको लागि सेवाग्राहीले आफ्नो एटिएम कार्ड नम्बर जून अगाडि भागमा लेखिएको हुन्छ त्यो राख्नुपर्नेछ । त्यसैगरि कार्डको म्याद सकिने अवधि जून कार्डमा नै लेखिएको हुन्छ त्यो राख्नुपर्नेछ ।

यसका साथमा बैंक एटिएम कार्ड होल्डरको नाम राख्नुपर्नेछ भने कार्डमा भएको सीभीभी नम्बर हालेपछि रिचार्ज हुन्छ ।ATM Recharge

यसरी गर्नुस रिचार्ज

  • सबैभन्दा पहिले नेपाल टेलिकमको वेबसाइट डब्लूडब्लूडब्लू एनटिसी डट नेट डट एनपीमा जानुहोस् ।
  • त्यसपछि तपाईँ कार्डपे डट एनटिसी डट नेट डट एनपी (https://cardpay.ntc.net.np) मा जानुपर्ने हुन्छ ।
  • सो स्थानमा तपाईँले आफ्नो मोबाइल नम्बर राखेर भेरिफाई गर्नुपर्ने हुन्छ ।
  • त्यसपछि तपाईँले तोकिएको रिचार्ज रकममा क्लिक गरेर ओके गर्नुपर्छ ।
  • त्यसपछि तपाईँको मोबाइल नम्बर तपाईँको आफ्नो बैंक एकाउन्टसँग जोडिन्छ । यहाँ सेवाग्राहीको बैंक एकाउन्टमा भएको मोबाइल नम्बरको आधारमा सिन्क्रोनाइज गरिएको छ ।
  • जहाँ तपाईँले तोकिएको स्थानहरुमा उल्लेखित बिबरणहरु राख्नुपर्नेछ भने त्यसपछि त्यसलाई प्रकृया अगाडि बढाउँदै जानुपर्ने हुन्छ ।
  • त्यसपछि तपाईँको रिचार्ज भएको संदेश आउँछ र तपाईँको टेलिकमको सेवामा रिचार्ज हुन्छ ।

यस्तो रिचार्ज नेपाल टेलिकमको वेबसाइट तथा मोबाइलमार्फत पनि गर्नसकिने सुबिधा रहेको छ ।

Global Bank
easy care

प्रकाशित: १७ चैत्र २०७६, सोमबार

ताजा समाचार