काठमाडौं ।
कोरोनाभाइरसका कारण घरमा नै लकडाउनमा बसिरहेका दूरसंचार सेवाग्राहीहरुलाई सरकारले राहतको प्याकेज घोषणा गरेको छ । सरकारले इन्टरनेट तथा डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।
सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधि मन्त्रि डा. युवराज खतिवडाले सबै सेवाग्राहीहरुलाई सो २५ प्रतिशत छुट दिईने बताए ।
उनले निजी क्षेत्रका कम्पनीहरुबाट सेवा लिईरहेका ग्राहकहरुले समेत सो छुट प्राप्त गर्ने जानकारी दिए ।
यस बाहेक पनि सरकारले अन्य राहतका प्याकेज घोषणा गरेको छ ।
प्रकाशित: १६ चैत्र २०७६, आईतवार