स्याटेलाइटमार्फत तिब्रगतिको इन्टरनेट दिने उद्धेश्यको कम्पनी वनवेब टाट पल्टियो

Technology Khabar १६ चैत्र २०७६, आईतवार

स्याटेलाइटमार्फत तिब्रगतिको इन्टरनेट दिने उद्धेश्यको कम्पनी वनवेब टाट पल्टियो

काठमाडौं ।

अन्तरिक्षमा स्याटेलाइट राखेर विश्वभर तिब्रगतिको ब्रोडब्याण्ड दिने महत्वाकाँक्षि योजना लिएको कम्पनी वनवेबले आफू दिवालिया भएको घोषणा गरेको छ । कम्पनीले हालै अमेरिकामा ‘च्याप्टर ११ ब्यांकरप्ट प्रोटेक्सन’को लागि आवेदन दिएको छ ।

सो निवेदनसँगै कम्पनीले अहिले अन्तरिक्षमा पठाएका कुल ७४ वटा स्याटेलाइटहरुको अवस्था र अन्तरिक्षबाट तिब्रगतिको इन्टरनेट दिने योजना अनिश्चित भएको छ ।

वनवेबले यो प्रकृयालाई आगामी दिनमा कम्पनी बिक्री गर्नसक्ने सम्मको योजना सहित ल्याएको बताएको छ । कम्पनीले भनेको छ, कम्पनी नजिकबाटै वित्तिय अवस्था हेरिरहेको छ, यो प्रकृया कोभिड१९ फैलिएको कारण वित्तीय असर परेको र बजार समस्याग्रस्त भएको हुँदा प्रकृया अगाडि बढेको छैन् ।

यसका साथै कम्पनीले आफ्नो कर्मचारी कटौतीगर्न बाध्य बनाएको बताएको छ ।

गत साता मात्रै कम्पनीले कजाकास्तानबाट ३४ वटा स्याटेलाइटहरु अन्तरिक्षमा पठाएको थियो । कम्पनीसँग अन्तरिक्षको लो अर्बिटमा राख्ने ६४८ वटा स्याटेलाइटको लागि अमेरिकाको फेडरल कम्यूनिकेशन्स कमिसनबाट लाइसेन्स रहेको छ ।

यी स्याटेलाइटको माध्यमबाट कम्पनीले घरहरु, बोटहरु र प्लेनहरुमा तिब्रगतिको इन्टरनेट विश्वभर दिने उद्धेश्य राखेको छ ।

easy care

प्रकाशित: १६ चैत्र २०७६, आईतवार