Technology Khabar १६ चैत्र २०७६, आईतवार
बेलायतका ठूला टेलिकम प्रदायकहरुले फिक्स्ड लाइन ब्रोडब्याण्ड सर्भिसेजमा सम्पूर्ण ‘डाटा क्याप’ हटाउन सहमत भएका छन् । मानिसहरु घरमा बरेको बेला उनीहरुको लाइफलाइन भएको मान्दै ‘डाटा क्याप’ हटाउने सरकारले आजै घोषणा गरेको छ ।
सरकार र नियमनकारी अफकमसँगको छलफलपछि बेलायतका कम्पनीहरु बिटी, भर्जिन मिडिया, स्काई र टकटकले महामारीको समयमा जोखिममा रहेका ग्राहकहरुलाई सपोर्ट गर्ने र सुरक्षा गर्न सहमत भएका हुन् ।
कोरोना लकडाउनका कारण बीलको रकम भुक्तानी गर्न नसकेका ग्राहकहरुलाई सहयोग गर्ने, मोबाइल र ल्याण्डलाइन प्याकेजहरुमा सुधार गर्दै मानिसहरुलाई सम्पर्कमा राख्ने सुनिश्चितता प्रदान गर्ने र जोखिममा रहेका ग्राहकहरुका लागि प्राथमिकताका साथ मर्मत गरिदिने लगायतका काम समेत हुनेछ ।
स्वास्थ्य सेवालाई सुरक्षित गर्न र बाँच्नको लागि मानिसहरु घरभित्रै रहनु अत्यावश्यक छ । यो प्याकेजले मानिहरुलाई घरभित्रै बसेको बेलामा पनि कनेक्ट गर्न सहयोग हुनेछ, डिजिटल सेक्रेटरी ओलिभर डाउडेनले सरकारी विज्ञप्तिमा भनेका छन् ।
यसअघि नै कयौं कम्पनीहरुले आफ्ना ग्राहकहरुलाई यो महामारीको अवस्थामा सहयोग गर्न कदम चालिसकेका छन् । एजेन्सी
प्रकाशित: १६ चैत्र २०७६, आईतवार