अब फेसबुक एकाउन्ट नभएपनि लाइभ भिडियो हेर्न सकिने, अडियो मोडमा पनि काम हुँदै

Technology Khabar १६ चैत्र २०७६, आईतवार

अब फेसबुक एकाउन्ट नभएपनि लाइभ भिडियो हेर्न सकिने, अडियो मोडमा पनि काम हुँदै

काठमाडौं ।

कोभिड १९ को संक्रमणलाई रोक्नको लागि विश्वभर प्रयास भइरहेको छ। सरकार देखि सामान्य व्यक्ति, डाक्टर, गैरसरकारी संस्था, स्क्याभेन्जर र कम्पनीहरूले योगदान गरिरहेका छन्। टेक कम्पनीहरूले पनि कोरोना भाइरस विरुद्ध लड्न सहयोग गरिरहेका छन्।

यस्तैमा सोशल मिडिया जायन्ट फेसबुकले कोविड १९ लाई लड्न अर्को निर्णय लिएको छ। कोरोना लकडाउनका कारण लाईभ भिडियोको संख्या बढेको छ। फेसबुकले अब गैर-प्रयोगकर्ताहरूलाई पनि मोबाइल डिभाइसहरूमा लाइभस्ट्रिम हेर्नको लागि अनुमति दिने भएको छ ।

अहिलेसम्म यो सुविधा डेस्कटपमा मात्र उपलब्ध थियो। ईन्गेजेटको रिपोर्ट अनुसार यो सुविधा एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि पहिले नै उपलब्ध छ। आउँदो दिनमा, यो आईओएस प्रयोगकर्ताहरूको लागि रोल आउट गरिनेछ ।
यस बाहेक फेसबुकमा ‘पब्लिक स्विच टेलिफोन नेटवर्क’ जस्ता नयाँ अप्सन पनि थपिँदैछन्। यस सुविधाको माध्यमबाट, प्रयोगकर्ताहरूले टोल फ्री नम्बर डायल गरेर प्रत्यक्ष स्ट्रिम सुन्न सक्षम हुनेछन्। फेसबुक लाइभ पनि ‘अडियो मात्र’ मोडमा काम गरिरहेको छ।

सोशल मिडिया कम्पनीले फेसबुक लाइभ संख्यामा उल्लेखनीय बृद्धि गरेको छ । करोडौं मानिसहरू हाल लकडाउनको कारण आफ्नो घरमै बसिरहेका छन् र भिडियोको माग दिनप्रतिदिन बढिरहेको छ । एजेन्सी

easy care

प्रकाशित: १६ चैत्र २०७६, आईतवार