सामसंग ग्यालेक्सी ट्याब ए ८.४ सार्वजनिक, ५,००० एमएच ब्याट्री र ४जी सिम प्रयोग गर्न सकिने

Technology Khabar १५ चैत्र २०७६, शनिबार

सामसंग ग्यालेक्सी ट्याब ए ८.४ सार्वजनिक, ५,००० एमएच ब्याट्री र ४जी सिम प्रयोग गर्न सकिने

काठमाडौं ।

सामसङले आफ्नो ग्यालेक्सी ए सिरिजमा नयाँ ट्याबलेट लन्च गरेको छ । कम्पनीले ट्याबलेट सिरिजमा ग्यालेक्सी ट्याब १ ८.४ (२०२०) लन्च गरेको हो ।

यो डिभाइस मिड रेन्जमा आएको छ भने आगामी दिनमा विश्वभर बिक्रीका लागि उपलब्ध हुनेछ ।

यो ट्याबलेट यसअघिको सामसङ ग्यालेक्सी ट्याब ए ८.४ को अपग्रेड भर्सन हो । यसमा ८.४ इन्चको १२००x१९२० पिक्सेल रेजोल्यूशन भएको फूलएचडी प्लस डिस्प्ले राखिएको छ।

फोनको फ्रन्ट प्यानलमा बटनलेस छ भने चारैतिर न्यारो बेजल्स दिईएको छ । यसको फ्रन्ट प्यानलमा माथिल्लो भागमा सेल्फी क्यामरा राखिएको छ ।

सामसङ ग्यालेक्सी ट्याब ए ८.४ एन्ड्रोयड ९ पाईमा आधारित रहेको छ भने यसमा सामसङको एक्सनोज ७९०४ चीपसेट राखिएको छ । यो नयाँ ट्याबलेटमा ३जीबी र्याम र ३२ जीबी आन्तरिक स्टोरेज राखिएको छ भने यसलाई ५१२ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो ट्याबमा ८ मेगापिक्सेलको रियर क्यमरा छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । सिंगल सिम प्रयोग गर्न सकिने यो ट्याबलेटमा ४जी एलटिई सपोर्ट, वाईफाई, ब्लूटूथ ५.०, जीपीएस सपोर्ट राखिएको छ ।

यसमा पावर ब्याकअपको लागि ५,००० एमएएचको ब्याट्रि प्याक रहेको छ ।
सामसङ ग्यालेक्सी ट्याब ए ८.४ लाई अमेरिकी बजारमा २८० डलरमा लन्च गरिएको छ ।

easy care

प्रकाशित: १५ चैत्र २०७६, शनिबार

ताजा समाचार