विश्वभर कोरोनाभाइरसको महामारी विरुद्ध लड्न गूगलले ८०० मिलियन डलर अनुदान दिने

Technology Khabar १५ चैत्र २०७६, शनिबार

विश्वभर कोरोनाभाइरसको महामारी विरुद्ध लड्न गूगलले ८०० मिलियन डलर अनुदान दिने

काठमाडौं ।

टेक कम्पनी गूगलले कोरोनाभाइरस महामारीबाट प्रभावित व्यवसाय, संस्था र स्वास्थ्य सेवा कामदारहरुलाई ८०० मिलियन डलर भन्दा बढि सहयोग गर्ने भएको छ ।

अमेरिकी कम्पनी गूगलले सो रकम विश्व स्वास्थ्य संगठन र विश्वभरका १०० सरकारी एजेन्सीहरुलाई २५० मिलियन अनुदान रकम दिनेछ । यो रकम कोरोनाभाइरस रोक्नबाट कसरी बच्ने भन्ने बारेमा सूचनाहरु शेयर गर्न उपयोग हुने कम्पनीका सिईओ सुन्दर पिचाईले आफ्नो ब्लग पोस्टमा बताएका छन् ।

बाँकी ३४० मिलियन डलर भने साना र मझौला तहका व्यवसायहरु जसको कारोबारहरु अघिल्लो वर्षहरुमा सक्रिय रहेका छन् उनीहरुलाई दिईने पिचाईले भने ।यस्तो रकम ती व्यवसायहरुलाई गूगलमा विज्ञापन अनुदानको रुपमा दिईनेछ ।

यसअतिरिक्त २० मिलियन डलर भने रिलिफ फण्डहरु र साना व्यवसायहरुका लागि सहयोगमा उपयोग गरिनेछ। त्यसैगरि गूगलले एकेडेमिक इन्स्टिच्यूटहरु र अनुसन्धानकर्ताहरुलाई कोभिड १९ विरुद्ध लड्ने तरिका अनुसन्धान गर्नका लागि पनि सहयोग गर्नेछ ।

अन्य टेक कम्पनीहरुजस्तै गूगलले पनि विश्वभर महामारी विरुद्ध लड्न सहयोग गरेको हो ।

यसका साथै गूगलले आफ्नो सप्लायर्स म्यागिड ग्लोभ्स एण्ड सेफ्टीसँग काम गरिरहेको छ जसले ३० लाख मास्क आगामी साताभित्र बनाउने छ र त्यो सिडीसीलाई अनुदानमा दिनेछ ।

Global Bank
easy care

प्रकाशित: १५ चैत्र २०७६, शनिबार

ताजा समाचार