कोभिड-१९ को कारणले गर्दा मेसेजिङ्ग एप ह्वाट्सएपको प्रयोग ४० प्रतिशतले बढ्यो

Technology Khabar १५ चैत्र २०७६, शनिबार

कोभिड-१९ को कारणले गर्दा मेसेजिङ्ग एप ह्वाट्सएपको प्रयोग ४० प्रतिशतले बढ्यो

कोरोनाभाइरसका कारण सोशल मिडियाको प्रयोग निकै उच्च देखिएको छ । अधिकांश मानिसहरु अनलाइनमा जाँदा सकेसम्म परिवार, आफन्त र साथीभाईहरुसँग नजिक रहन चाहन्छन् । त्यसैले होला मेसेजिङ्ग तथा च्याटिंग एप ह्वा्टसएपको प्रयोग पनि निकै बढेको छ ।

कन्सल्टिंग फर्म कान्टारकाअनुसार सोशल मिडिया एपमध्ये सबैभन्दा धेरै फाईदा ह्वाट्सएपलाई भएको छ । सो फर्मले ३० देशका २५ हजार भन्दा बढिमा गरेको सर्भेअनुसार फेसबुकको अधिनमा रहेको ह्वाट्सएपमा समग्र ४० प्रतिशतको वृद्धि देखिएको छ ।

महामारीको शुरुवाती चरणमा २७ प्रतिशत वृद्धि भएकोमा पछिल्लो दिनमा भने यसको वृद्धि ५१ प्रतिशतसम्म देखिएको हो ।

व्यक्तिगत बजारको आधारमा हेर्दा भने स्पेनमा सबैभन्दा धेरै प्रयोग भएको देखिएको छ । कान्टारकाअनुसार स्पेनमा ह्वाट्सएपको प्रयोग ७६ प्रतिशतसम्म वृद्धि भएको छ ।

सबै मेसेजिङ्ग प्लेटफर्महरुलाई हेर्दा अधिकांश प्रयोग १८ देखि ३४ वर्षको उमेर समूहमा अत्यधिक देखिएको सो अध्ययनमा उल्लेख छ । यसका साथै ह्वाट्सएप, फेसबुक र इन्स्टाग्रामको सोहि उमेर समूहमा ४० प्रतिशतको वृद्धि देखिएको छ ।

यसका साथै अन्य सोशल मिडिया एप्सहरुमा पनि प्रयोग वृद्धि देखिएको छ । जसमा सबैभन्दा धेरै फेसुबक र चीनको वीच्याट र वेबो रहेका छन् ।

फेसबुकको प्रयोग ३७ प्रतिशत बढेको छ भने चिनियाँ एप्सको प्रयोग ५८ प्रतिशतले वृद्धि भएको कान्टारले जनाएको छ ।

सोशल मिडिया प्लेटफर्मको प्रयोगमा निकै वृद्धि भएको देखिएपनि त्यसमा गरिने विश्वास भने निकै न्यून छ । रिपोर्टकाअनुसार राष्ट्रिय न्यून च्यानलहरु र सरकारी वेबसाइटहरुको विश्वसनियता क्रमशः ५८ र ४८ प्रतिशत छ भने सोशल मिडियाको विश्वसनियता केबल ११ प्रतिशत मात्र रहेको देखिएको छ । एजेन्सी

TK Viber

प्रकाशित: १५ चैत्र २०७६, शनिबार

Loading...