कोरोनाभाइरसले गर्दा गूगल र फेसबुकलाई मात्रै करिब ४४ बिलियन डलर घाटा हुने

Technology Khabar १५ चैत्र २०७६, शनिबार

कोरोनाभाइरसले गर्दा गूगल र फेसबुकलाई मात्रै करिब ४४ बिलियन डलर घाटा हुने

काठमाडौं ।

कोरोनाभाइरस महामारीका कारणा अहिले विश्वभर हालत निकै चिंताजनक भएको छ। विश्वभर सबै देशहरूमा यो भाइरस फैलिएको छ।

कोरोनाभाइरसलाई रोकथामको लागी सबै देशहरुमा आफ्ना नागरिकहरुलाई सामाजिक डिस्टेन्शन को लागी अपील गरेका छन भने धेरै देश तथा शहरहरु लकडाउनमा गएका छन्। लकडाउनका कारण विश्वभर आर्थिक मन्दीको जस्तो हालत बनेको छ।

विश्वको प्रमुख टेक कम्पनीहरु गूगल र फेसबुकलाई मात्रै कोरोनाभाइरसले गर्दा ४४ बिलियन डलरको घाटा हुने आशंका गरिएको छ।

ग्लोबल इन्भेस्टमेन्ट बैंक र फाइनेशियल सर्विस प्रोवाइडर कम्पनी कोवेन एण्ड कम्पनीको रिपोर्टअनुसार सर्च इन्जन कम्पनी गूगललाई मात्रै कोरोनावायरसको कारण २०२० मा ठूलो आर्थिक हानी हुन सक्नेछ।

रिपोर्टअनुसार सन् २०२० मा गूगललाई १२७.५ बिलियन डलरको नाफा हुने अनुमान गरिएको छ । तर अब त्यसमा २८.६ बिलियन डलरको कमी आउने भएको छ। रिपोर्ट अनुसार यस वर्ष विज्ञापनबाट फेसबुकले ६७.८ बिलियन डलर मुनाफा हुने अपेक्षा गरिएको थियो तर अब भने अहिलेको अवस्थाले गर्दा त्यसमा १६ बिलियन डलर कम हुने अनुमान गरिएको छ।

यसका साथै माइक्रो सोशल मिडिया साइट ट्विटरको आम्दानीमा कोरोनावाइरसको कारण करिब १८ प्रतिशत कमी हुने अनुमान गरिएको छ। एजेन्सी

Sajilo Visa

प्रकाशित: १५ चैत्र २०७६, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार