दूरसंचार प्राधिकरणको निर्देशनको धज्जी उडाउँदै नेपाल टेलिकम, सापटी सेवाको रकम रु.२०० पुर्याएन्

Technology Khabar १४ चैत्र २०७६, शुक्रबार

दूरसंचार प्राधिकरणको निर्देशनको धज्जी उडाउँदै नेपाल टेलिकम, सापटी सेवाको रकम रु.२०० पुर्याएन्

दूरसंचार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसंचार प्राधिकरणले दिएको निर्देशन सरकारी कम्पनी नेपाल टेलिकमले नै मान्दैन भन्दा आश्चार्य लाग्छ होला । तर नेपाल टेलिकमले हालै प्राधिकरणले दिएको निर्देशन २ दिन बितिसक्दा पनि पालना गरेको छैन् ।

दूरसंचार प्राधिकरणले हालै सबै मोबाइल अपरेटरहरुलाई रिचार्जमा बोनस र सापटी सेवा रकम बढाएर दिन भनेकोमा सरकारको स्वामित्व रहेको नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम)ले नै अझै पालना गरेको छैन् ।
कम्पनीले बोनस अफर प्राधिकरणको निर्देशनअनुसार भोलीपल्टै लागू गरेकोमा सापटी रकम दिने योजना भने अझै ल्याएको छैन् ।

यसबाट नै थाहा हुन्छ की नियमनकारी निकायको निर्देशनलाई कसरी अर्को सरकारी कम्पनीले धज्जी उठाउँछ भनेर ।

यो समाचार तयार पार्दासम्म नेपाल टेलिकमले प्राधिकरणको निर्देशनअनुसारको कुनैपनि सापटी सेवा ल्याएको छैन् ।

यसअघि प्राधिकरणको बोर्ड बैठकबाट निर्णय गरेर रिचार्जमा बोनससहित २०० रुपैयाँसम्मको सापटी सेवा ग्राहकहरुलाई थपभार नपर्ने गरि दिन भनेर निर्देशन दिएको थियो । तर नेपाल टेलिकमले अझै सो निर्देशनअनुसार सापटी सेवा आफ्ना ग्राहकहरुलाई दिन सकेको छैन् ।

लकडाउनमा भएका बेला ग्राहकहरुलाई रिचार्ज गर्न कठिन हुनसक्ने उद्धेश्यले सापटी सेवालाई २०० रुपैयाँसम्म पुर्याउन निर्देशन दिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले त्यसबेला टेक्नोलोजीखबरलाई बताएका थिए ।

तर सरकारी कम्पनी टेलिकमले भने २०० रुपैयाँसम्म सापटी सेवा दिने बारेमा हाल कुनै योजना नरहेको जनाएको छ । टेलिकमका एक उच्च अधिकारीले सापटी सेवा दिएपछि रकम काटिने र ग्राहकले फेरी गुनासो गर्ने हुँदा नदिएको दाबी गरेका छन् ।

‘सापटी रकम दियो तर रिचार्ज गर्दा काटिएपछि फेरी हामीलाई नै गाली गर्छन्, त्यसैले हालको अनुसार नै सापटी सेवा संचालन हुनेछ,’ ती उच्च अधिकारीले टेक्नोलोजीखबरसँग भने । उनले सापटी रकम पछि फिर्ता आउने ग्यारेन्टी पनि नभएको र ग्राहकले सिम फालिदिएमा को जिम्मेबार हुने भन्ने स्पष्ट नभएको बताए ।

यसको अर्थ लकडाउनमा भएका ग्राहकहरुले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका छन भने जसरी पनि रिचार्ज गर्नुपर्ने बाध्यता भएको छ भने सो रिचार्जमा पाएको शतप्रतिशत बोनस रकम पनि कम्पनीले तोकिएको दिनभित्र नै सक्नुपर्ने बाध्यकारी अफर ल्याएको छ ।

उदाहरणको लागि रु १०० सम्मको रिचार्ज गर्दा पाईने रु १०० बोनस रिचार्ज गरेको २ दिनभित्रै सक्नुपर्ने गरि बाध्यकारी बनाईएको छ ।

अब सो बारेमा नियमनकारी निकायले टेलिकमलाई कारबाही गर्न सक्ला त भन्ने प्रश्न उब्जिएको छ ।

*हेडलाइन सम्पादित

प्रकाशित: १४ चैत्र २०७६, शुक्रबार

Leave a Reply

Loading...