एयरबिएनबिले विश्वभर १ लाख बासस्थान दिने, कोभिड-१९ विरुद्धका स्वास्थ्यकर्मीहरुले प्रयोग गर्नसक्ने

Technology Khabar १४ चैत्र २०७६, शुक्रबार

एयरबिएनबिले विश्वभर १ लाख बासस्थान दिने, कोभिड-१९ विरुद्धका स्वास्थ्यकर्मीहरुले प्रयोग गर्नसक्ने

हस्पिटालिटी र ट्राभल उद्योग लगभग बन्दको अवस्थामा छ भने कोरोनाभाइरसको महामारीले निकै समस्यामा रहेको छ । तर एयरबिएनबिले भने कोभिड-१९ विरुद्ध लड्नका लागि सहयोग गर्नेभएको छ ।

विश्वभर यात्रुहरुलाई सशुल्क बासस्थान उपलब्ध गराउने अनलाइन प्लाटफर्म एयरबिएनबिले आज निशुल्क अथवा अनुदानमा बासस्थानहरु कोभिड १९ विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि उपलब्ध गराउनेभएको छ ।

कम्पनीले विश्वभर १ लाख स्वास्थ्यकर्मीहरुलाई आवश्यकताअनुसार बस्ने सुबिधा उपलब्ध गराउने भएको हो । यसमा एयरबिएनबिले आफूसँग भएका उपलब्ध स्पेसको आधारमा उनीहरुलार्इृ सो स्थान दिनेछ । सामान्यतया एयरबिएनबिले आफ्नो प्लेटर्फममा आउने ग्राहकहरुसँग त्यस्तो स्पेसको लागि शुल्क लिने गर्दछ ।

यसका साथै कम्पनीले स्पेसहरुको सरसफाईको लागि नयाँ प्रोटोकल समेत लागू गरेको छ ।

एयरबिएनबिले हाल रेडक्रस, इन्टरनेशनल रेस्क्यू कमिटी, इन्टरनेशनल मेडिकल कर्प्ससहित अन्य गैर नाफामुलक संस्थाहरुसँग आवश्यकताको आधारमा काम गर्नेछ ।

यसअघि नै एयरबिएनबिले इटाली र फ्रान्समा सानो तहमा यस्तो कार्य शुरु गरिसकेको छ जहाँ कम्पनीले करिब ६ हजार होस्टहरुका साथ बस्ने स्थान उपलब्ध गराएको छ ।

कम्पनीले यसका साथमा फण्ड समेत स्थापना गरेको छ र त्यस्तो रकम शतप्रतिशत गैर नाफामुलक संस्थाहरुलाई उपलब्ध गराउने छ भने आवश्यक पर्ने मानिसहरुलाई बासस्थानको लागत भुक्तानीका लागि प्रयोग हुनेछ ।

प्रकाशित: १४ चैत्र २०७६, शुक्रबार

Leave a Reply

Loading...