कोरोना भाइरस बारे थाहा पाउने नाममा यस्ता वेबसाइटहरुमा क्लिक गर्दै नगर्नुस्, नत्र आफैं फसिएला

Technology Khabar १४ चैत्र २०७६, शुक्रबार

कोरोना भाइरस बारे थाहा पाउने नाममा यस्ता वेबसाइटहरुमा क्लिक गर्दै नगर्नुस्, नत्र आफैं फसिएला
सांकेतिक

काठमाडौं ।

देशभर लकडाउनको अवस्थामा मानिसहरु घरमा नै बसेर इन्टरनेटको प्रयोग गरिरहेका छन् । अधिकांश फेसबुक, यूट्यूब, टिकटकमा व्यस्त छन भने मानिसहरु गूगलमा कोरोना भाइरस सम्बन्धि जानकारी पनि खोजिरहेका छन् ।

कोरोना भाइरसबारेको जानकारी सर्च गर्नेको संख्यामा भएको वृद्धिसँगै साइबर ह्याकरहरुले पनि त्यसलाई उपयोग गर्न थालेका छन् । जसले गर्दा मानिसहरुको डाटाहरु ह्याक गर्न र चोर्न सकियोस् ।

पछिल्लो दिनमा साइबर आक्रमणकारीहरुले वेबसाइट नै तयार पारेर मानिसहरुलाई फसाउन थालेका छन जसले गर्दा मासिहरुको व्यक्तिगत डाटाका साथै आफ्नो क्रेडिटकार्डको जानकारी, बैंक एकाउन्टको जानकारी ह्याकरहरुले चोर्नसक्नेछन् ।

यस्ता केहि वेबसाइटहरु छन जसमा कुनैपनि हालतमा क्लिक गर्नुहुँदैन् ।

आज हामी ती वेबसाइटहरुको लिस्ट यहाँ तपाईँहरुलाई शेयर गर्दैछौं ।

विश्वभर प्रयोगमा रहेका ती वेबसाइटहरु फ्रड र ह्याकरहरुले तयार पारेको विभिन्न देशका प्रहरीहरुले बताएका छन् ।

यसमा अधिकांश कोरोनाभाइरस बारे जानकारी दिने भनिएका वेबसाइटहरु रहेका छन् । तर यदि तपाईँलाई कोरोनाभाइरस वा कोभिड १९ सम्बन्धि सहि जानकारी चाहिन्छ भने विश्व स्वास्थ्य संगठन वा सरकारी निकायको आधिकारीक वेबसाइटमा जान सक्नुहुन्छ । तर अन्य किसिमका वेबसाइटहरुमा क्लिक नगर्नुहोस् ।

हेरौं ती वेबसाइटहरु जसले कोरोनाभाइसको बारेमा जानकारी दिने दाबी गर्दै तपाईँको व्यक्तिगत जानकारीहरु चोर्ने गर्दछन् । यी वेबसाइटहरुबाट बच्नु नै उत्तम हुनेछ ।

coronavirusstatus.space

coronavirus-map.com

blogcoronacl.canalcero.digital

coronavirus.zone

coronavirus-realtime.com

coronavirus.app

bgvfr.coronavirusaware.xyz

coronavirusaware.xyz

corona-virus.healthcare

survivecoronavirus.org

vaccine-coronavirus.com

coronavirus.cc

bestcoronavirusprotect.tk

coronavirusupdate.tk

यी साइटहरुमा क्लिक गर्दा तपाईँको जानकारी मात्रै चोरी हुने होईन की मोबाइल फोन पनि ह्याक हुने खतरा रहन्छ । एजेन्सीको साथमा

Global Bank
easy care

प्रकाशित: १४ चैत्र २०७६, शुक्रबार