एनसेलको मोबाइल सेवा रिचार्ज गर्नुस्, अब १२० प्रतिशत बोनस ब्यालेन्स पाउनुस्

Technology Khabar १३ चैत्र २०७६, बिहीबार

एनसेलको मोबाइल सेवा रिचार्ज गर्नुस्, अब १२० प्रतिशत बोनस ब्यालेन्स पाउनुस्

काठमाडौं ।

एनसेलका सबै ग्राहकले आजै बिहीबार, चैत्र १३बाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् ।

एनसेल प्राइभेट लिमिटेडले कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम प्रतिशतमा वृद्धि गरेको हो । यस संकटको अवस्थामा एनसेल एक जिम्मेवार र एक अत्यावश्यक सेवा प्रदायकको रुपमा आफ्ना सेवाहरु चुस्त र निरन्तर सुचारु राख्न प्रतिबद्ध रहेको कम्पनीले उल्लेख गरेको छ।

ग्राहकले रिचार्ज वापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ ।

यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु२००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् । उदाहरणका लागि यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६० प्राप्त गर्दछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६०० प्राप्त गर्दछन् । बोनस रकम तीन दिनसम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ ।

हालको विपद्को परिस्थितीलाई मध्य नजर गर्दै बुधबारमात्रै एनसेलले निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, ७ दिन समयावधि भएको १५ जिबीको स्टे होम प्याक र रु २०० सम्म एनसेल सापटी लिन सकिने व्यवस्था पनि गरेको थियो ।

यो पनि हेर्नुस-

एनसेलले ल्यायो विभिन्न अफरहरु, सापटी रकममा वृद्धिदेखि रिचार्जमा ५० प्रतिशत बोनससम्म

Global Bank
easy care

प्रकाशित: १३ चैत्र २०७६, बिहीबार

ताजा समाचार