अनलाइन तथा फोनमार्फत दैनिक खाद्यान्न अर्डर लिन गृहको निर्देशन

Technology Khabar १३ चैत्र २०७६, बिहीबार

अनलाइन तथा फोनमार्फत दैनिक खाद्यान्न अर्डर लिन गृहको निर्देशन

गृह मन्त्रालयले दैनिक खाद्यान्न आपूर्तिको लागि अनलाइन तथा फोनको व्यवस्थामार्फत मिलाउन निर्देशन दिएको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले काठमाडौं भित्रका दैनिक खाद्यान्न पसलहरु तथा स्टोरहरुलाई अनलाइन तथा फोनमार्फत अर्डर लिन र भ्यानबाट डेलिभरी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

पसल तथा स्टोर खोल्ने र त्यहाँ खरिदबिक्रीको समयमा भिड हुने हुँदा उपभोक्ताहरुको माग संकलन गर्ने र त्यसलाई घरसम्मै ढुवानी गर्ने व्यवस्थाको लागि अनलाइन तथा शुल्क नलाग्ने फोनको व्यवस्था गर्ने भएको हो ।

यसको लागि बिक्रेताहरुले आफ्नो अनलाइन वा टोल फ्री नम्बरको प्रचार प्रसार गर्नुपर्नेछ । त्यसैगरि फोन अनलाइन अफलाइनमार्फत माग संकलन गर्ने माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरुको कम्बो प्याक समेत बिक्री बितरण गर्न बैठकले निर्णय गरेको छ।

काठमाडौं उपत्यका भन्दा बाहिरका बिक्रेता तथा स्टोरहरुले पनि अनलाइन तथा फोन मार्फत खाद्यान्नको माग संकलन तथा भ्यानमार्फत डेलिभरी गर्नुपर्नेछ ।

प्रकाशित: १३ चैत्र २०७६, बिहीबार

Leave a Reply

Loading...