एप्पलले आफ्नो एप स्टोरलाई थप २० देशहरुमा बिस्तार गर्ने

Technology Khabar १३ चैत्र २०७६, बिहीबार

एप्पलले आफ्नो एप स्टोरलाई थप २० देशहरुमा बिस्तार गर्ने

काठमाडौं ।

टेक कम्पनी एप्पलले एप स्टोरलाई थप २० नयाँ देशहरुमा लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो डेभलपर वेबसाइटमा एउटा पोस्ट गर्दै सो जानकारी दिएको हो ।

कम्पनीले हाल १५५ देशहरुमा एप्पल एप स्टोर पुगेको बताउँदै थप २० देशहरुमा सन् २०२० भित्रै एप स्टोर बिस्तार गर्ने बताएको छ । ‘२० नयाँ देशहरुमा सपोर्ट आउँदैछ, जसले तपाईँको प्रभाव र तपाईँकोव्यवसायलाई नयाँ बजारमा बिस्तार गर्नेछ,’ कम्पनीले भनेको छ ।

कम्पनीले नयाँ देशहरुमा एप स्टोर बिस्तारसँगै आफ्ना डेभलपरहरुका लागि पनि नयाँ नियम ल्याएको छ । जसअन्तरगत नयाँ देशहरुमा एप डेभलपरहरुले बिस्तार गर्नको लागि प्रोग्राम लाइसेन्स एग्रिमेन्टको अपडेटलाई स्विकार गर्नुपर्नेछ ।

कम्पनीकाअनुसार नयाँ प्रकृयालाई डेभलपरहरुले आगामी अप्रिल १० भन्दा अगाडि नै स्विकार गर्नुपर्नेछ भने डेभलपरहरुले नयाँ लोकेसनहरुमा आफ्ना एप उपलब्ध हुनेगरि सुनिश्चित पार्नुपर्नेछ ।

एप्पलको डेभलपर एग्रिमेन्टअनुसार अफगानिस्तान, माल्दिभ्स, जर्जिया, इराक, लिबिया, म्यानमार, रुवाण्डा, जाम्बियालगायत २० देशहरु रहेका छन् । एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १३ चैत्र २०७६, बिहीबार

ताजा समाचार