टिकटकका प्रयोगकर्तालाई झड्का, आगामी ३० दिनसम्म एचडी भिडियो प्लेब्याकमा रोक

Technology Khabar १३ चैत्र २०७६, बिहीबार

टिकटकका प्रयोगकर्तालाई झड्का, आगामी ३० दिनसम्म एचडी भिडियो प्लेब्याकमा रोक

काठमाडौं ।

शर्ट मोबाइल भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकले हाई डेफिनिसन भिडियो प्लेब्याकमा अस्थाईरुपमा रोक लगाएको छ । कम्पनीले विश्वभर कोरोनाभाइरसको महामारीका बिच इन्टरनेट ब्याण्डविथको खपत बढेसँगै एचडी भिडियोमा रोक लगाएको हो ।

टिकटकमा आगामी ३० दिनका लागि यूजर्सले एचडी भिडियो प्ले गर्न पाउनेछैनन् । हाल यो नियम कम्पनीले यूरोपका लागि मात्र लागु गरेको भएपनि आगामी दिनमा विश्वभर लागु गर्नसक्ने अपेक्षा गरिएको छ ।

यसअघि फेसबुक, इन्टाग्राम, यूट्यूब, नेटफ्लिक्स लगायतले विश्वभर भिडियोको बीटरेट घटाउने घोषणा गरेका थिए ।

नेपालमा पनि लकडाउनको अवस्था भएको बेलामा भिडियो कन्टेन्टको माग सबैभन्दा धेरै रहेको मोबाइल अपरेटरहरु तथा इन्टरनेट सेवा प्रदायकहरुको भनाई रहेको छ । घरमा नै बसेर मानिसहरु सोशल नेटवर्किङमा जोडिने र भिडियो स्ट्रिमिङमा जोडिएका हुँदा ब्याण्डविथको खपत बढिरहेको छ ।

जसले गर्दा इन्टरनेट ट्राफिक र ब्याण्डविथको खपत शतप्रतिशतसम्म वृद्धि भएको छ ।

easy care

प्रकाशित: १३ चैत्र २०७६, बिहीबार

ताजा समाचार