शाओमीको नयाँ स्मार्टफोन एमआई १० को भारतमा सार्वजनिक गर्ने मिति सर्यो

Technology Khabar १३ चैत्र २०७६, बिहीबार

शाओमीको नयाँ स्मार्टफोन एमआई १० को भारतमा सार्वजनिक गर्ने मिति सर्यो

भीभो, रियलमी पछि अब शाओमीले पनि भारतमा एमआई १० को लन्च मिति पछाडि सारेको छ। कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन एमआई १० यहि मार्च ३१ मा सार्वजनिक गर्ने योजना राखेको थियो ।

कम्पनीले कोभिड १९ संक्रमण फैलने डरले भएको लकडाउनका कारण भारतमा शाओमीको फ्ल्यागशिप एमआई १० को लन्च यहि मार्च ३१ मा हुने योजनालाई हाल रोकेको जानकारी दिएको छ ।

कम्पनीले आगामी दिनमा अवस्था हेरेर भारतमा सो फोन लन्च गर्ने मिती निर्धारण गर्ने जनाएको छ ।

प्रकाशित: १३ चैत्र २०७६, बिहीबार

Leave a Reply

Loading...