लकडाउनको असर: एप्पलको भारतमा हुँदै आएको आईफोन उत्पादन रोकियो

Technology Khabar १३ चैत्र २०७६, बिहीबार

लकडाउनको असर: एप्पलको भारतमा हुँदै आएको आईफोन उत्पादन रोकियो

एप्पलको भारतमा हुँदै आएको सम्पूर्ण आइफोन उत्पादनहरु रोकिएका छन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदिले २१ दिनको लकडाउन घोषणा गरेसँगै आईफोनको उत्पादन रोकिएको हो ।

भारतमा नयाँ घोषणासँगै प्रशासनले बाहिर निस्कन निकै कढाई गरेको छ भने मानिसहरुलाई घरमा नै सिमित हुन भनिएको छ ।

रिपोर्टअनुसार भारतमा रहेका एप्पलको आइफोन एसेम्बल गर्ने दुबै कम्पनीहरुले लकडाउनलाई पालना गर्दै आफ्नो कार्य रोकेका छन् ।

फक्सकन र विस्ट्रोन कर्पले भारतीय प्लान्टको उत्पादन रोकेका छन् । जहाँ एप्पलको केहि आईफो मोडलहरु एसेम्बर गर्ने गरिन्छ । होन हाई प्रिसिसन इण्डष्ट्रि कम्पनी नामले पनि चिनिने फक्सकनले आफ्नो सबै अपरेसन आगामी १४ अप्रिलसम्म स्थगित गरेको बताईएको छ । कम्पनीले आगामी सरकारी कदमअनुसार नै काम गर्ने योजना लिएको छ ।

यसबाहेक एप्पलका हजारौं कर्मचारीहरु समेत सो २१ दिने लकडाउनमा घरमा नै बस्नेछन् ।

यसअघि आएको एक रिपोर्टअनुसार कोरोनाभाइरसको महामारीले गर्दा विश्वभर आपूर्तिमा परेको असर र मागमा आएको कमीले गर्दा स्मार्टफोन उत्पादन यो वर्षको पहिलो अर्ध वार्षिकमा करिब ३० प्रतिशतले घट्ने अनुमान गरिएको थियो । एजेन्सी

प्रकाशित: १३ चैत्र २०७६, बिहीबार

Leave a Reply

Loading...